नेभिगेसन मेनु

दुई दिनपछि २२ अंकले बढ्यो नेप्से, कारोबार रकममा छैन सुधार
सम्पादक:南亚网络电视
समय:2025-10-10 11:43

 

 1738137884-872kq

काठमाडौँ — अघिल्ला दुई दिन करिब १०३ अंकले घटेको सेयर बजारमा साप्ताहिक कारोबारको अन्तिम दिन बिहीबार भने २२ अंकले सुधार भएको छ । यो सुधारलाई बुधबार राष्ट्र बैंकले सेयर बजारसम्बन्धी गरेको नीतिगत परिवर्तनसँग जोडिएको छ ।

राष्ट्र बैंकले बुधबार व्यक्तिगत सेयर कर्जामा अधिकतम २५ करोडको सीमा हटाएको छ । यसअघि कुनै एक वा सबै बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल २५ करोड रहेको थियो ।

अब बैंक तथा वित्तीय संस्थाले ६ महिनासम्मका लागि पनि सेयरमा लगानी गर्न सक्नेछन् । यसअघि एक सर्वसाधारणमा सेयर बिक्री गरी धितोपत्र विनिमय बजार (नेप्से) मा सूचीकृत भइसकेको संगठित संस्थाको सेयर तथा डिबेन्चरमा एक वर्षभन्दा बढी अवधिका लागि मात्र लगानी गर्न पाइने व्यवस्था थियो । त्यो एक वर्षको अवधि घटाएर ६ महिना बनाइएको हो ।

यसरी खरिद गरेको एक वर्ष व्यतीत भएका लगानीमध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पुँजीको २० प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्ने व्यवस्था पनि राष्ट्र बैंकले खारेज गरेको छ । यी व्यवस्थाका कारण सेयर बजार बढ्न नसकेको निष्कर्षका आधारमा राष्ट्र बैंकले उल्लिखित नीतिगत परिवर्तन गरेको थियो ।

बिहीबार सेयर बजारमा यसको असर भने देखियो । यसअनुसार बजार खुलेको केही मिनेटमै नेप्से ४ प्रतिशतभन्दा धेरैले बढेपछि सर्किट ब्रेकरमार्फत २० मिनेटका लागि कारोबार नियन्त्रण गरिएको थियो । त्यसपछि खुलेको बजार भने निकै सम्हालिएर अघि बढ्यो । जसका कारण दिनभर नेप्से वृद्धिको बाटोमा रह्यो । अन्ततः अघिल्लो दिनको तुलनामा २२.५९ अंकले बढेर बन्द भयो । बुधबारको तुलनामा ०.८८ प्रतिशतले बढेपछि समग्र नेप्से २ हजार ५ सय ८२.१८ अंकमा उक्लेर बन्द भएको छ ।

कारोबारमा आएकामध्ये कुल २ सय कम्पनीको सेयर मूल्य बढ्यो ४१ कम्पनीको सेयर मूल्य घट्यो भने १० कम्पनीको मूल्य स्थिर रह्यो । यसरी सेयर मूल्य घट्ने भन्दा बढ्ने कम्पनी धेरै भएपछि नेप्सेमा करिब २२ अंकको वृद्धि सम्भव भएको हो ।

सो दिन कुल ५६ हजार ३ सय २१ पटकको कारोबारबाट कुल १ करोड १८ लाख ३० हजार ७७ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ५ अर्ब २७ करोड ३२ लाख रुपैयाँ बराबरका सेयर कारोबार भएको छ । नेप्से बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । बुधबार सेयर बजारमा ५ अर्ब ७६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये व्यापारबाहेक सबैको परिसूचक बढे । तर व्यापार उपसमूहको परिसूचक भने ५६.२३ अंक (१.४८ प्रतिशत) ले घट्यो । तर, जीवन बिमा उपसमूहको परिसूचक १६०.७१, निर्जीवन बिमा १००.३९ र होटल तथा पर्यटन ५६.९६ अंकले बढेको नेप्सेले जनाएको छ ।

सो दिन विध्यावासिनी हाइड्रोपावर कम्पनीको सेयर मूल्य सबैभन्दा बढी ८.२१ प्रतिशतले बढ्यो । कारोबार रकमका आधारमा भने शिवम् सिमेन्ट सबैभन्दा अघि छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर