नेभिगेसन मेनु

बिहानैदेखि काठमाडौंको वायु प्रदुषण चुलिँदो
सम्पादक:南亚网络电视
समय:2025-04-08 13:10

WeChat截图_20250408105110

एस् ए टी भी २६ चैत्र, काठमाडौँः — काठमाडौंको हावा मंगलबार बिहानैदेखि प्रदुषित बनेको छ । मंगलबार बिहान ७ः४५ मा काठमाडौंको वायु गुणस्तर २६१ एक्यूआई (एयर क्वालिटी इन्डेक्स) थियो । जुन बढेर ८ः४५ मा २७९ एक्यूआई पुगेको छ । यो भनेको वायु गुणस्तरको ‘निकै अस्वस्थ’ तह हो । 

काठमाडौंको वायु गुणस्तर २७९ एक्यूआई पुगेसँगै विश्वकै प्रदुषित सहर बनेको छ । यसैगरी १८४ एक्यूआई अंकसहित विश्वकै दोस्रो प्रदुषित सहर भारतको दिल्ली बनेको छ । तेस्रो प्रदुषित सहर भने पाकिस्तानको राजधानी लाहोर रहेको छ । लाहोरको १८१ एक्यूआई रहेको छ ।

दुई सातादेखि काठमाडौंको हावा प्रदुषित भइरहेको छ । वातावरण तथा प्रदुषण विद्हरूका अनुसार २०७७ सालपछिको काठमाडौंको हावा लगातार प्रदुषित भएको हो ।

यसमा सरकारले वायु प्रदुषण नियन्त्रण तथा न्यूनिकरण गर्न वातावरण विभागले अनुरोध गरेको छ । यसका लागि विभागले घरायसी ठोस फोहोर नबाल्न, कृषि अवशेष नजलाउन, उद्योगमा स्वच्छ उर्जाको प्रयोग गर्न र सडक तथा निर्माण कार्यबाट उड्ने धूलो नियन्त्रण गर्न अनुरोध गरेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर