नेभिगेसन मेनु

अमेरिकी नागरिक अपहरण गरी तीन लाख युरो फिरौती माग्ने महिला पक्राउ blog अमेरिकी नागरिक अपहरण गरी तीन लाख युरो रकम माग गर्ने आरोपमा पक्राउ परेकी महिला । तस्बिर: नेपाल प्रहरी गोरखापत्र अनलाइन १४ चैत २०
सम्पादक:南亚网络电视
समय:2025-03-27 13:55

apaharankari mahila

एस् ए टी भी १४ चैत्र, काठमाडौँः प्रहरीले हेटौँडा उपमहानगरपालिका १९ स्थित नेवारपानीबाट अमेरिकी नागरिकलाई अपहरण मुक्त गरेको छ । पोखरा महानगरपालिका वडा नं. ६ लेकसाइडस्थित एक होटेलबाट सोमबार अमेरिकी राहदानी वाहक ७० वर्षीया वृद्धा अपहरण पर्नुभएको थियो । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहकार्यमा ती वृद्धालाई अपहरणमुक्त गरिएको हो । ती वृद्धालाई अपहरण गरेको आरोपमा प्रहरीले एक जना महिलालाई पनि पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी गराएपछि ती महिलासहित अपहरणमा संलग्न एक महिलालाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । उहाँका अनुसार अपहरणमा पर्नेमा भारतीय मूलको अमेरिकी नागरिक रहनुभएको छ ।

आफ्नो साथीहरूसँग मुक्तिनाथ मन्दिर भ्रमणका लागि नेपाल आएकी ती वृद्धा अपहरणमा परेको र अपहरणपछि तीन लाख युरो फिरौती माग गरेको नेपालस्थित अमेरिकी राजदूतावासले जानकारी गराएपछि प्रहरीले खोजी गर्ने क्रममा नेवारपानीबाट अमेरिकी नागरिकलाई सकुशल उद्धार गरेको थियो । 

प्रहरीले अपहरणमा संलग्न भएको अभियोगमा नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं.४ बस्ने वर्ष ३७ की सरिता लामालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार प्रहरी हिरासतमा रहेकी सरिता लामाविरुद्ध अपहरण तथा शरीर बन्धक कसुरमा मुद्दा चलाउने गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर