नेभिगेसन मेनु

पाथीभरा केबलकार विवादः सरकारबाट वार्ता आह्वानपछि आन्दोलनरत पक्ष आफ्नो धारणा सार्वजनिक गर्ने तयारीमा
सम्पादक:南亚网络电视
समय:2025-02-25 11:32

pathivara fight

एस् ए टी भी १३ फाल्गुण, काठमाडौँः सरकारी वार्ता टोलीले केबलकार निर्माण कार्य स्थगन गरी वार्ताका लागि आवह्वान गरेपछि आन्दोलनरत पक्षले केहीबेरमा आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरेको छ।

आन्दोलनरत पक्षका एक अगुवा कीर्तिमान मादेनले आन्दोलनरत पक्षका अगुवाहरू छलफलमा जुटेको र केही समयपछि प्रेस विज्ञप्तिमार्फत आफ्नो धारणा सार्वजनिक गर्ने तयारी रहेको सुनाए। तर विज्ञप्तिमा के कस्ता विषय समावेश हुन्छन् भन्नेबारे भने उनले खुलाएनन्।

स्रोतका अनुसार पक्राउ परेका नो केवलकार पक्षका बन्दी रिहा, केबलकार निर्माण स्टेशनबाट सुरक्षाफौज फिर्तासहितका सर्त मानेमा मात्र वार्तामा जान सकिनेबारे आन्दोलनरत पक्षबीच छलफल भईरहेको छ। सहसचिव स्तरको वार्ता टोलीको नेतृत्वमा वार्तामा जाने वा नजाने भन्ने विषयको बहस समेत सुरु भएको बताइए पनि यसबारे आन्दोलनरत पक्षले केही बताएको छैन।

सरकारी वार्ता टोली संयोजक गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई नेतृत्वको वार्ता टोलीले सोमबार साँझ नो केबलकार पक्षलाई वार्तामा आउन औपचारिक आह्वान गरेको थियो। सरकारी वार्ता टोलीले केबलकार निर्माण कार्य तत्काल स्थगन गरी वार्ताद्वारा समस्या समाधान गर्ने गरी वार्तामा आउन आन्दोलनरत पक्षलाई आग्रह गरेको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर