एस् ए टी भी १२ फाल्गुण, काठमाडौँः हाल कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ भने बाँकी क्षेत्रमा आंशिक बदलीदेखि मौसम मुख्य रूपमा सफा छ। जल तथा मौसम विज्ञान विभागका अनुसार तराईका केही ठाउँमा हुस्सु लागेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली हुनेछ भने बाँकी ठाउँमा आंशिक बदलीदेखि मौसम मुख्य रूपमा सफा रहनेछ।
विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै ठाउँमा र बाँकी प्रदेशका पहाडी क्षेत्रका एक-दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना देखिएकाे छ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै ठाउँमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई ठाउँमा हल्का हिमपात हुनसक्ने विभागले जानकारी दिएकाे हाे।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली हुन्छ भने बाँकी ठाउँमा मौसम मुख्य रूपमा सफा रहनेछ।
कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक-दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ।