नेभिगेसन मेनु

नेपालगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना
सम्पादक:南亚网络电视
समय:2025-02-09 11:27

bus accident

एस् ए टी भी २७ माघ, काठमाडौंः चितवनकाे भरतपुर महानगरपालिका-२९ सेतीदोभानमा यात्रुवाहक बस दुर्घटना भएको छ।

मुग्लिङ-नारायणगढ सडक खण्डमा आज बिहान ४ बजेर ४० मिनेटमा नेपालगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको लु.प्र.०३-००१ख ००७७ नम्बरको बस पुलबाट २० मिटर तल खोल्सामा खसेको हो। बसमा सवार २ जनाको उद्धार गरी चितवन मेडिकल कलेजमा पठाइएको चितवन प्रहरीले जानकारी दिएको छ।

बसमा २९ जना सवार रहेको बुझिएको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने २२ जना मध्यम अवस्थामा छन्।  

सबै घाइतेहरूको सीएमसीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर