नेभिगेसन मेनु

चितुवाको आक्रमणबाट आँगनमा खेलिरहेका दुई वर्षीय बालकको मृत्यु
सम्पादक:南亚网络电视
समय:2025-02-16 12:22

chituwa bardiya

एस् ए टी भी ०४ फाल्गुण, काठमाडौंः बर्दियामा चितुवाको आक्रमणबाट दुई वर्षीय बालकको मृत्यु भएको छ। मधुवन नगरपालिका वडा न ७ भाट चोकमा शनिबार साँझ करिब आठ बजे घरको आँगनमा खेलिरहेका राप्तीसोनारी गाउँपालिका ५ बस्ने बालक रिहान चलाउनेको मृत्यु भएको हो।

रिहानी आमा रचना चलाउने सानीआमाको घरमा छोरा लिएर आएकी थिइन्। चितुवाले आक्रमण गर्दा बालकको घाँटी र टाउकोको पछाडिको भागमा घाउ भएको प्रहरी नायव उपरीक्षक ऋषिराम घर्ती मगरले बताएका छन्।  

साँझ करिब ८ बजे आँगनमा खेलिरहेको बालक एक्कासि हराएको खबर पाएपछि स्थानीयवासी, प्रहरी र सशस्त्र प्रहरीले तत्काल खोजी गर्दा घरदेखि पाँच सय मिटर दक्षिण पूर्व खेतमा ९ः१५ बजे मृत अवस्थामा फेला परेको उनले बताए।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर