नेभिगेसन मेनु

गैंडाको आक्रमणबाट नेचर गाइडको मृत्यु, अमेरिकी नागरिकसहित दुई जना घाइते
सम्पादक:南亚网络电视
समय:2024-09-06 15:32

Rhino-of-Nepal-58d4acd27f2740.03208054_s4GEZUIJ6M_pq2pJGx5bZ

गुलरिया : बर्दियामा गैंडाको आक्रमणमा परी एक जना प्रकृति पथ प्रर्दशकको मृत्यु भएको छ। मधुवन नगरपालिका - १ स्थित बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित डल्ला सामुदायिक वनमा गैँडाको आक्रमणमा परी  अमेरिकन नागरिकसहित एकजना स्थानीय चौकीदार घाइते भएका हुन्।

जंगल वाकमा रहेका बेला जंगली गैंडाको आक्रमणमा परी ठाकुरबाबा नगरपालिका- ९ का ३५ वर्षीय नेचर गाईड मनमोहन चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले बताए। गैँडाले आक्रमण गर्दा विदेशी पर्यटकलाई बचाउन उनको मृत्यु भएको बताइएको छ।

घाइते हुनेहरूमा अमेरिकन नागरिक ५६ वर्षीय एमसी लेनडन शावन र सामुदायिक वनका चौकीदार ५८ वर्षीय स्थानीय खिन्चु चौधरी छन्।

घाइते विदेशी पर्यटकको ठाकुरबाबा नगर अस्पताल भुरीगाउँमा उपचार भइरहेको डीएसपी अर्यालले बताए। विदेशी पर्यटकको अवस्था मध्यम र चौधरीको अवस्था सामान्य रहेको छ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर