नेभिगेसन मेनु

विदेशी पर्यटकलले गर्ने दैनिक खर्च ८६ अमेरिकी डलर सरदर
सम्पादक:南亚网络电视
समय:2024-07-22 14:16

Tourist_20220103142617

काठमाडौँ। नेपालले सन् २०२३ देखि २०३३ सम्मलाई भ्रमण दशकका रूपमा मनाइरहे पनि नेपाल आउने विदेशी पर्यटकको दैनिक खर्च  एक सय अमेरिकीडलर पनि पुग्न सकेको छैन । अर्कोतिर विदेशीपर्यटकहरू नेपालका मुख्य तीन पर्यटकीय गन्तव्य काठमाडौँ, पोखरा, सौराहा (चितवन)मै केन्द्रित रहनेगरेको पाइएको छ ।

नेपाल आउने विदेशी पर्यटकको १५ प्रतिशत हिस्साट्रेकिङ अर्थात् पदयात्रा तथा पर्वतारोहणले धानिरहेको अवस्था छ भने ६०प्रतिशतभन्दा बढी वाइल्डलाइफ र पर्यापर्यटनले धानेकोछ । हवाई मार्गबाटआउने विदेशी पर्यटकको पहिलो गन्तव्य काठमाडौँ नै हुने गर्दछ। यस हिसाबले पनिविदेशी पर्यटकको ठुलो हिस्सा काठमाडौँ उपत्यकाका धार्मिक, सांस्कृतिक सम्पदा अवलोकनमा केन्द्रित हुने गरेको छ ।

त्यसपछिउनीहरूको रोजाइमा पोखरा र सौराहा पर्नेगरेको छ ।पर्यटन बोर्डकोतथ्याङ्क अनुसार सन् २०२३ मा हवाई रस्थलमार्ग हुँदै १० लाख १४हजार ८८२ पर्यटक नेपाल भित्रिएका थिए । जसमध्ये करिब१६ प्रतिशत अर्थात् १ लाख ५४हजार पर्यटक हिमाल आरोहण तथा ट्रेकिङका लागि गए भने ६२.५० प्रतिशत (६लाख ३४ हजारभन्दा बढीपर्यटक) बिदा मनाउने गरी नेपाल आएका थिए । उनीहरू तीनगन्तव्य काठमाडौँ, पोखरा र सौराहामै रमाए।

१३ प्रतिशत अर्थात्१ लाख ३२ हजार धार्मिकपर्यटक काठमाडौँको पशुपतिनाथ र लुम्बिनीसम्म पुगेकामानगण्य मात्रामा विदेशी पर्यटक मुक्तिनाथ, पाथीभरा, जनकपुरको जानकी मन्दिर लगायतको क्षेत्रमा पुगेको बोर्डको तथ्याङ्क छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर