नेभिगेसन मेनु

प्रधानमन्त्री र परराष्ट्रमन्त्रीपछि भारतीय राजदूतकाे भेट उपप्रधानमन्त्रीसँग
सम्पादक:南亚网络电视
समय:2024-07-16 19:04

WeChat Screenshot_20240716164916

उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उहाँहरुबीच द्विपक्षीय हित र आपसी चासोका विषयमा छलफल भएको जनाइएको छ । 

राजदूत श्रीवास्तवले मन्त्री सिंहलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पारस्परिक सहयोग अभिवृद्धिका निम्ति भारत सरकार तयार रहेको जानकारी दिनुभएको छ । उहाँहरुबीच सहरी विकास, नदी प्रदूषण नियन्त्रण र फोहरमैला व्यवस्थापनबारे छलफल भएको मन्त्रालयले जनाएको छ । 

भारतीय राजदूतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिजो र परराष्ट्रमन्त्री डा. आरजू राणा देउवासँग आज बिहान शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर