नेभिगेसन मेनु

गोली हानेर डाँकालाई नियन्त्रणमा लिइयो
सम्पादक:南亚网络电视
समय:2024-07-15 12:00

dfnj

असार ३१ गते । महोत्तरी जिल्लाको सर्लाही महोत्तरीको सिमानाकाबाट प्रहरीले एक राउन्ड गोली प्रहार गरी एक डाँकालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले लामो समयदेखि महोत्तरी, सर्लाही, सिराहा, सिन्धुली लगायतका जिल्लाहरूमा पटक पटक डकैती गर्दै आएका सर्लाही लालबन्दी २ बस्ने विजेन्द्र पासवानलाई गोली प्रहार गरी पक्राउ गरिएको जानकारी दिनुभयो ।

आइतबार जिल्लाको सोनमा गाउँपालिका वडा नंं ५ खैरबनी स्थित सर्लाही र महोत्तरीको सिमानामा रहेको सितलपुरबाट उनलाई घुँडा मुनि एक राउन्ड गोली प्रहार गरी पक्राउ गरिएको प्रवक्ता जैसवारले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट यस क्षेत्रमै डाँका रहेको सूचनाको आधारमा पछाउँदै जाँदा सितलपुरमा जम्काभेट हुँदा नियन्त्रणमा लिन गोली प्रहार गरिएको प्रवक्ता जैसवारले बताउनुभयो ।

उहाँले घाइते रहेका पासवानलाई उपचारको लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको र थप विवरण पछि सार्वजनिक गर्ने जानकारी दिनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर