नेभिगेसन मेनु

सिमलताल बस दुर्घटना : रौतहटको बौधिमाइ र गरुडा नगरपालिका शोकमा
सम्पादक:南亚网络电视
समय:2024-07-14 13:12

bepata-paribar-ko-ruabasi

नारायण–मुग्लिन सडकखण्डको सिमलतालमा शुक्रबार भएको बस दुर्घटनामा रौतहटको बौधिमाई नगरपालिका र गरुडा नगरपालिका– ९ सिसवा शोकमा डुबेको छ ।

बौधिमाई नगरपालिका–३ मटिअर्वाका ५८ वर्षीय परशुराम साह बनियाँ, ५५ वर्षीय मिना देवी साह, २५ वर्षीयसरोज साह, २४ वर्षीया रिङ्कु देवी साह र २८ वर्षीय नरेश साह बेपत्ता हुनुभएको छ । उहाँहरु एकै परिवारका हुनुहुन्छ । छोरी रिङ्क र ज्वाई नरेश भारत विहार पूर्वी चम्पारण जिल्ला पताही थाना बखरीबजार वितछवा गाउँका हुनुहुन्थ्यो ।

परशुरामको कान्छो छोरा कृष्णनन्दन साह नेपाली सेनामा भर्ना भएपछि पासआउट भएको अवसरमा परिवारका सदस्यहरु यही असार २६ गते काठमाडौँ गएका थिए ।

गाउँबाट नै काठमाडौँ जाने गणपति डिलक्स बसमा गएका साह २७ गते सोही बसबाट फर्किदै हुनुहुन्थ्यो । बौधिमाई नगरपालिकाका नगरप्रमुख प्रदीप कुमार यादवले गाउँनै शोकमा डुबेको बताउनुभयो  ।

उहाँले बौधिमाई नगरपालिकाको भुवालि चौकसम्म चल्ने गणपति डिलक्स बसमा टिकट काटेका १० जना र उहाँहरुको आफन्त भारतीय एक जनाको पहिचान भएको जानकारी दिनुभयो ।

परिवाससँगै यात्रा गरिरहेका परसुरामका माइला छोरा सरोज भने दुर्घटनामा जोगिनुभएको छ । उहाँ बसबाट हामफालेर दुर्घटनामा जोगिनुभएको हो । उहाँसँगै अन्य दुई जना पनि दुर्घटनाबाट जोगिनुभएको छ ।

त्यस्तै, गरुडा नगरपालिका– ९ सिसवा टोलका ५० वर्षीय जुगेश्वर राय यादव भने दुर्घटनाबाट जोगिनुभएको छ भने उहाँका ७ वर्षीय छोरा अशोक यादव, २७ वर्षीया छोरी अमृता यादव, ढाई वर्षीय नाति शिवशंकर यादव र डेढ वर्षीया नातिनी दुर्घटनामा बेपत्ता हुनुभएको छ ।

एकै परिवारका चार जना बेपत्ता भएपछि सिसवा पनि शोकमा डुबेको छ । दुर्घटनामा बेपत्ता हुनुभएको चार जना एकै परिवारको हुनुुहुन्छ । उहाँहरु उपचार गराउन यही असार २० गते काठमाडौँ जानुभएको थियो ।

सरकारी र नीजि अस्पतालमा उपचार गराएर उहाँहरु २७ गते गणपति डिलक्सबाट घर फर्किदा दुर्घटनामा परेर बेपत्ता भएको हो ।

जुगेश्वरका श्रीमती उमादेवी यावद अचेत अवस्थामा हुनुहुन्छ भने १८ वर्षीय जेठा छोरा छिनछिनमा मुर्छा परिरहनुभएको छ ।

७ वर्षीय छोरा अशोकको पेट दुख्ने समस्या र छोरी अमृताको ढाड दुख्ने समस्याको उपचार गरी काठमाडौँबाट घर फर्किँदै हुनुहुन्थ्यो । यसैगरी, बेपताको अवस्था पत्ता लगाउन परिवारले सरकारसँग आग्रह गरेका छन् ।

अविरल वर्षाका कारण नारायणगढ–मुग्लिङ सडकको सिमलतालमा शुक्रबार बिहान पहिरो जाँदा ६२ जना यात्रुसहित दुई वटा यात्रु वाहक बस त्रिशूलीमा हराइ रहेका छन् । काठमाडौँबाट गौर जान नारायणगढ तर्फ आउँदै गरेको बागमती प्रदेश ००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेशको ०३–००६ ख–१५१६ नम्बरको एन्जलस डिलर्स बस त्रिशूलीमा हराइ रहेको हो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर