नेभिगेसन मेनु

बारा दुर्घटनाका १३ जना घाइतेको सकुशल उद्धार
सम्पादक:南亚网络电视
समय:2024-07-12 11:39

accident (1)

बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ पसाहा पुल नजिकै भएको सवारी दुर्घटनाका घाइतेको सकुशल उद्धार भएको छ। 

सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका  अनुसार दुर्घटनामा घाइते भएका १३ जनाको सकुशल उद्धार भएको हो। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। 

मलंगवाबाट वीरगन्जतर्फ जाँदै गरेको ना. ४ ख ७१९४ नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको हो। उक्त बसमा ३१ यात्रु सवार थिए। 

दुर्घटना लगत्तै उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ४० रिजर्भ गण बाराबाट सुरक्षाकर्मी खटिएका थिए। सबै घाइतेलाई उद्धार गरेर प्रहरीले सिमरा अस्पताल पुर्‍याएको छ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर