नेभिगेसन मेनु

तीन घण्टा उकालो हिँडेर विद्यालय
सम्पादक:南亚网络电视
समय:2024-06-04 12:00

Untitled-1

जेठ २२ गते  ।  खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५, लफ्याङ कर्चुन्डे र तित्रीबोटका बालबालिका तीन घण्टा हिँडेर विद्यालय जान बाध्य छन् । कर्चुन्डे र तित्रीबोटका बालबालिका तीन घण्टा उकालो हिँडेर श्रीमावि बाँसबोटेमा अध्ययन गर्दै आएका छन् । 

कक्षा १ देखि कक्षा १२ सम्मको अध्ययनका लागि कर्चुन्डे र तित्रीबोटका विद्यार्थी बिहान ७ बजे पढ्न निस्किन्छन्, साँझ ६ बजे पछि मात्र घर आइपुग्ने गरेका छन् । बिहान र साँझ दैनिक उकालो ओरालो गर्दा ससाना बालबालिकालाई सकस भइरहेको छ । लफ्याङको सबैभन्दा पुछारमा रहेको कर्चुन्डे गाउँमा छ घर र तित्रीबोटमा चार घरको बसोबास छ । हाल कर्चुन्डेका नौ जना र तित्रीबोटका दुई जना विद्यार्थी श्रीमावि बाँसबोटेमा अध्ययनरत छन् । कर्चुन्डेका अनमीका राई कक्षा १२, सुशील राई कक्षा ८, सुपिन्द्र भुजेल, सरगम राई, व्रिmस्टिना राई, प्रज्वल राई र रिया राई कक्षा ६, रितु भुजेल र रिदम राई कक्षा ३ मा अध्ययनरत छन् । यस्तै तित्रीबोटका आइस्का राई कक्षा ७ र आकाश राई कक्षा ३ मा अध्ययनरत छन् । विद्यालय जान र आउनमै विद्यार्थीको दिन बित्ने गरेको छ । 

कक्षा ६ सम्मका बालबालिकाले विद्यालयमा नै दिवा खाजा पाउँछन् । त्योभन्दा माथिल्लो कक्षाका कतिपय विद्यार्थी खाजा बोकेर विद्यालय जाने गरेका छन् । कर्चुन्डे र तित्रीबोटका स्थानीयले गाउँमै विद्यालय बनाउन पहल नगरेका भने होइनन्  तर बस्ती थोरै भएका कारण गाउँमा विद्यालय खोल्न सम्भव नभएको स्थानीय धनकुमार राईले बताउनुभयो ।  

विद्यालयको विकल्पमा कर्चुन्डेमा २०६८ सालमा तिटाक बालविकास केन्द्र स्थापना गरिएको छ । तित्रीबोट, टाकुरे र कर्चुन्डेको नामबाट नामकरण गरिएको सो बालविकास केन्द्रमा पाँच जना बालबालिका अध्ययनरत छन् । नजिकै रहेको जरुवाका विद्यार्थीसमेत घण्टौँ उकालो हिँडेर श्रीमावि बाँसबोटे जाने आउने गरेका छन् । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर