.
काठमाडौँ, वैशाख १९ गते । बुद्ध जयन्ती तथा उधौली पर्वको समेत अवसर रहेको बैशाख १८ गते रे टेलिभिजन परिवारले काठमाण्डौमा एक विशेष समारोहको आयोजना गरि केक काटेर मनाएको हो । बार्षिक उत्सवको अवसरमा चाईना मिडिया ग्रुप एसिया अफ्रिका भाषा केन्द्र र रे मिडिया ग्रुपको सहकार्यमा जेजी प्रोडक्सन र सिजिटिएन नेपालीले निर्माण गरेको सिचाङमा भेटौला नामक डकुड्रामाको प्रदर्शन गरिएको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै रे टेलिभिजनका अध्यक्ष प्रकाशबाबु पौडेलले रे टेलिभिजन सफलता पुर्वक चौथो बर्ष पार गरि पाँचौ बर्षमा प्रवेश गरेको अवसरमा सम्पुर्ण परिवार, सहयोगदाता, शुभेच्छुक संघसंस्था तथा व्यक्ति दर्शक, विज्ञापनदाता सबैलाई धन्यवाद साथै शुभकामना व्यक्त गर्नुभयो । साथै उहाँले नेपाल र चिन बिचको सम्बन्धलाई जनस्तर सम्म जोड्नका लागि सिजिटिएन सँगको सहकार्य झनै प्रगाढ बन्ने विश्वास समेत व्यक्त गर्नुभय
चाईना मिडिया ग्रुप काठमाण्डौका प्रमुख चाङ युए बर्षाले बार्षिक उत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै सिजिटिएन नेपाली सेवाले रे मिडिया ग्रुपसँग यस्तो खालको डकुडा«मा निर्माणको सहकार्यबाट नेपाल र चिन बिचको सम्वन्धलाई झनै नजिक बनाउने प्रयत्न गरेको भन्दै यो अनुभवबाट सिकेर आगामी दिनमा झनै प्रभावकारी सहकार्यहरु निरन्तर गर्ने बताउनुभयो ।
टेलिभिजनको बार्षिक उत्सवको शुभकामना व्यक्त गर्दै चलचित्र निर्देशक केपी पाठकले सिचाङमा फेरि फेटौला डकुड्रामाले आफुले जान चाहेको र अबसर नमिलेको चिनका तिव्बत मानसरोवर लगायतका ठाउँमा पुर्याएको महसुस गराएको बताउनुभयो । साथै उहाँले डकुड्रामाको निर्माण पाटोमा अझै प्राविधिक सुधार गरेर लैजान सकिने भन्दै सुझाव समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागीहरुले डकुड्रामा उत्कृष्ट बनेको भन्दै यस्ता कार्यक्रमहरुले छिमेकी मुलुक बिचको सम्वन्धलाई झनै मजबुद बनाउने र दुइ देशका सांस्कृतिक, आथर््िाक सम्बृद्धिमा समेत टेवा पुर्याउने बताउनुभयो ।
कार्यक्रममा चिन सांस्कृतिक केन्द्र नेपालका उपप्रमुख लिउ चान पिङ लगायतका विभिन्न संघसंस्थाका प्रतिनिधि, कलाकार, पत्रकारहरु लगायत रे टेलिभिजनकर्मीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरेका थिए ।





