नेभिगेसन मेनु

नगरस्तरीय रनिङ शिल्डको उपाधि शिवजनलाई
सम्पादक:南亚网络电视
समय:2026-05-02 15:55

 

 Puraskar-Bitaran,-Salyan

काठमाडौँ, वैशाख १९ गते । कडा प्रतिस्पर्धाबिच सम्पन्न शारदा नगरपालिकास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा शिवजन माध्यमिक विद्यालय प्रथम भएको छ ।

वडा नं. १ स्थित शिवजन माविले १६ स्वर्ण, ९ रजत र ४ कास्यसहित कुल २९ पदक जित्दै उपाधि हात पारेको हो । १५ स्वर्ण, ८ रजत र ७ कास्यसहित ३० पदक जितेको त्रिभुवन जन माध्यमिक विद्यालय दोस्रो स्थानमा रह्यो भने ७ स्वर्ण, ६ रजत र ७ कास्यसहित २० पदक जितेको मोर्डन तुल्सी एकेडेमी तेस्रो भयो ।

त्यसैगरी ५ स्वर्ण, ६ रजत र ४ कास्यसहित १५ पदक प्राप्त गरेको लक्ष्मी मावि स्यानीखालले सान्त्वना स्थान हासिल गरेको छ ।

प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यालयलाई क्रमशः २५ हजार, २० हजार, १५ हजार र १० हजार रुपियाँ नगद, प्रमाणपत्र तथा ट्रफी प्रदान गरिएको थियो । विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई मेडल र प्रमाणपत्र वितरण गरिएको थियो भने प्रतियोगिता सफल बनाउन योगदान दिने विद्यालय तथा रेफ्रीलाई पनि सम्मान गरिएको आयोजकले जनाएको छ । उत्कृष्ट खेलाडीलाई ट्रफीसमेत प्रदान गरिएको थियो ।

त्रिभुवन जन माध्यमिक विद्यालय लुहापिङको आयोजनामा भएको प्रतियोगितामा छात्र–छात्रा भलिबल, कबड्डी, एथलेटिक्स तथा मार्सल आर्टअन्तर्गत कराते र तेक्वान्दो खेल समावेश गरिएको थियो । प्रतियोगितामा १६ वटा सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

विद्यालय तथा खेलाडीलाई शुक्रबार शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारी, उपप्रमुख सुस्मिता सापकोटा, प्रमुख प्रशासकीय अधिकृत हरिचन्द्र बुढा, सशस्त्र प्रहरी बल सल्यानका प्रमुख भरतबहादुर कुँवर, वडा नं. २ का अध्यक्ष सविन हमाल तथा वडा नं। १३ का अध्यक्ष जंगबहादुर बुढालगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

सो अवसरमा विभिन्न विद्यालयका प्रधानाध्यापक, प्रशिक्षक, पत्रकार, सुरक्षाकर्मी, शिक्षक, खेलाडी तथा स्थानीय खेलप्रेमीहरूको उपस्थिति रहेको थियो ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर