नेभिगेसन मेनु

नौ महिनापछि उज्यालो बने हिमालीका अँध्यारा बस्ती
सम्पादक:南亚网络电视
समय:2026-03-26 14:05

 

 dhulachaur

काठमाडौँ, चैत १२ गते । विगत नौ महिनादेखि अन्धकारमा रहेका हिमाली गाउँपालिकाका दुर्गम बस्तीहरूमा पुनः बत्ती बलेपछि स्थानीयवासी खुसी भएका छन्। गत साउन २८ गते राति विच्छ्या खोलामा आएको बाढीपहिरोले लघुजलविद्युत आयोजनाको नहर भत्काएपछि यहाँका बस्तीहरू अन्धकारमा डुबेका थिए।

हाल हिमाली गाउँपालिकाले छिमेकी खत्याड गाउँपालिकासँग समन्वय गर्दै फागुन १ गतेदेखि असारसम्मका लागि अस्थायी रूपमा विद्युत आपूर्ति गर्ने सम्झौता गरेपछि गाउँबस्तीहरू पुनः उज्याला बन्न थालेका हुन्।

हिमाली गाउँपालिका–६ धुलाचौरका स्थानीय होटल व्यवसायी रामबहादुर रावतले नौ महिनासम्म बत्ती नहुँदा निकै सास्ती खेप्नुपरेको बताउनुभयो। उहाँले भन्नुभयो, “पहिले बत्ती भएकाले अन्य वैकल्पिक व्यवस्था गरेका थिएनौं। सोलारबाट मोबाइल चार्ज गरेर काम चलाउँदै आएका थियौं।”

हिजो बेलुकीदेखि बत्ती सुचारु भएपछि दैनिक जीवन सहज बनेको उहाँले बताउनुभयो।

साउनमा आएको बाढीपहिरोले हिमाली गाउँपालिका–३ स्थित विच्छ्या खोलामा रहेको लघुजलविद्युत आयोजनाको नहर भत्काउँदा वडा नम्बर ४, ५ र ६ मा विद्युत सेवा अवरुद्ध भएको थियो।

केही वर्षअघि काँदुरी संस्थाको सहयोगमा निर्माण गरिएको उक्त लघुजलविद्युत आयोजनाबाट करिब १०० किलोवाट विद्युत उत्पादन गरी झन्डै १,१०० घरपरिवारलाई सेवा दिइँदै आएको थियो। तर बाढीले करिब २,२०० मिटर लामो नहरमध्ये १,३०० मिटर पूर्ण रूपमा क्षतिग्रस्त बनाएपछि आयोजना सञ्चालनमा समस्या आएको थियो।

हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लका अनुसार बाढीले ठूलो क्षति पुर्‍याएपछि पालिकाको आफ्नै स्रोतबाट पुनर्निर्माण गर्न कठिन भएको छ। प्राविधिक मूल्याङ्कनअनुसार करिब दुई करोड ७० लाख रुपियाँ लागत लाग्ने भएकाले काँदुरी संस्थाले नै पुनर्निर्माणको काम अघि बढाएको उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो, “लघुजलविद्युत आयोजना पुनः सञ्चालनमा नआएसम्मका लागि खत्याड गाउँपालिकासँग प्रति युनिट ८ रुपियाँ ४ पैसा दरमा विद्युत खरिद गर्ने व्यवस्था गरिएको छ।” विद्युत सेवा अवरुद्ध हुँदा पालिकाले प्रदान गर्ने दैनिक सेवा तथा स्थानीय आर्थिक गतिविधिमा समेत असर परेको थियो।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर