नेभिगेसन मेनु

श्रेष्ठको एक दर्जन कविता वाचन
सम्पादक:南亚网络电视
समय:2026-04-27 13:44

 

 22

काठमाडौँ,  वैशाख १४ गते । राष्ट्रिय जनसांस्कृतिक महासङ्घको आयोजनामा हरेक महिना हुँदै आएको ‘अविरल जनसाहित्य यात्रा’ को १०८ शृङ्खलामा डा. सावित्री श्रेष्ठका एक दर्जन कविता वाचन गरिएको छ । जनसांस्कृतिक महासङ्घकै सभाकक्षमा सम्पन्न भएको कार्यक्रममा विभिन्न लेखक, साहित्यकार तथा साहित्यप्रमीको उपस्थिति रहेको थियो । 

जनसांस्कृतिक महासङ्घकी अध्यक्ष नरमदेश्वरी सत्यालको अध्यक्षता तथा प्राडा विदुर चालिसेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा श्रेष्ठले ‘कवि नायक’ का रूपमा आफ्ना कविता वाचन गर्नुभएको थियो । अन्य चार कविले उहाँलाई कवितावाचनमा साथ दिनुभएको थियो ।

नारी सशक्तीकरण, सामाजिक रूपान्तरण, सामाजिक विकृति तथा अन्य प्रगतिशील धारका विषयवस्तु रहेका डा. श्रेष्ठका कविताले हाल समाजमा रहेका विषयलाई टड्कारो रूपमा उठाएका थिए ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर