नेभिगेसन मेनु

डर्टबाइक रेसिङको प्रदर्शनीमा टिकेटिङ पार्टनर आइएमई पे
सम्पादक:南亚网络电视
समय:2024-05-18 12:45

WhatsApp-Image-2024-05-16-at-8.34.01-PM-e1715942433224

काठमाडौं । डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकेटिङ पार्टनर आइएमई पे रहेको छ । जेठ ५ गते शनिबार धुलिखेलमा हुन गइरहेको DTMX977 च्याम्पियनसिप सिरिजको फाइनल रेसमा आइएमई पे एप मार्फत टिकट खरिद गर्न मिल्ने भएको हो ।

एलिट तथा ओपन वर्गमा हुने रेसहरूमा विजेताहरूले क्रस फायर ट्राकर २५० डर्ट मोटरसाइकल र टिमसन एमएक्स रेसिङ टायर्स् जित्नेछन् भने दुवै वर्गका शीर्ष दाबेदारहरूले एसर्बिस् रेसिङको उत्कृष्ट गियरहरू जित्नेछन् ।

उक्त डर्ट बाइक रेसिङ  सगसगै यस कार्यक्रममा दीपक बज्राचार्य र रिदम ब्यान्ड, सुदेश्ना सेन, अब्लिभियस ब्यान्ड, देवेन्द्र बब्लु एन्ड द फिरन्ते लगायतका कलाकारहरूको साङ्गीतिक प्रदर्शनी पनि रहेको छ ।

उक्त कार्यक्रममा विभिन्न साङ्गीतिक ब्यान्डहरूसँगै, मोटोक्रस प्रतिस्पर्धा, लाइभ सङ्गीत प्रदर्शन र धेरै उपहारहरूले भरिएको एड्रेनालाईन-पम्पिङ दिनको निम्ति टिकटहरू आइएमई पे एपमा ५०० रुपैयाँमा खरिद गर्न सकिन्छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर