नेभिगेसन मेनु

राजनीतिक सहमतिमै अध्यादेश ल्याइएको हो, कसैको विरोध छैन : अर्थमन्त्री पुन
सम्पादक:南亚网络电视
समय:2024-04-23 16:24

barshaman2024-04-23-07-48-17

अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारले राजनीतिक सहमतिका आधारमा लगानीअनुकूल वातावरण बनाउन अध्यादेश ल्याएको बताएका छन् ।  लगानी बोर्डद्वारा सोमबार साँझ अबेर आयोजित प्रमुख सञ्चारमाध्यमका सम्पादकसँगको अन्तर्क्रियामा मन्त्री पुनले अध्यादेशमा कसैको विमति नरहेको बताए ।

मन्त्रिपरिषद् बैठकले सोमबार लगानीप्रतिकूल ठानिएका कानुनका विभिन्न प्रावधान संशोधनका लागि अध्यादेश ल्याउने निर्णय गरेको थियो । लगानी सम्मेलन सरकार वा सत्ता पक्षमा रहेका राजनीतिक दलको मात्र नभई नेपालको भएको मन्त्री पुनको भनाइ थियो ।

उनले सम्मेलनमा सरकार मात्र नभई सत्ता पक्ष र प्रतिपक्षको अनुहार देखिने उल्लेख गरे । ‘नेपालमा वैदेशिक लगानी ल्याउनुपर्छ र मुलुकको विकास गर्नुपर्छ भन्नेमा सत्तामा र सत्ताबाहिर रहेका कसैको पनि असहमति वा विरोध छैन,’ मन्त्री पुनले भने, ‘लगानी सम्मेलन सरकारको वा सत्तापक्षमा भएका दलहरूको मात्र होइन ।प्रतिपक्षको पनि हो र यो नेपालको हो । सम्मेलनको उद्घाटनदेखि समापनसम्म सबै राजनीतिक दलको अनुहार देखिने गरी कार्यक्रम बनाएका छौँ ।’ मन्त्री पुनले राजनीतिक संक्रमण र निर्वाचन प्रणालीका कारण बीचबीचमा सरकार परिवर्तन हुने गरेको भए पनि विकास, लगानी तथा स्वदेशी र विदेशी निजी क्षेत्रका लागि नीतिगत निरन्तरता रहँदै आएको स्पष्ट गरे ।

‘सरकारमा अनुहार फेरिने गरेको छ । तर, नीतिगत निरन्तरता छ,’ पुनले भने, ‘०६४ सालमा तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले लिएको नीतिगत निरन्तरताका कारण आज हामी विद्युत् निर्यात गर्ने अवस्थामा पुगेका छौँ । सिमेन्टमा आन्तनिर्भर मात्र भएका छैनौँ निर्यात हुन थालेको छ ।’ मन्त्री पुनले पहिलो र दोस्राे लगानी सम्मेलनमार्फत आएका लगानीकर्ता तेस्राे सम्मेलनमा पनि उत्साहित भएको आफूले पाएको बताए ।

पुँजी र लगानीको प्रवृत्ति नाफा कमाउनु भएकाले नेपालमा त्यसको वातावरण बन्दै गएकाले ठूलो संख्यामा वैदेशिक लगानी भित्रिने उनको विश्वास थियो । ‘पुँजीको प्रवृत्ति भनेकै बजार र नाफा हो,’ उनले भने, ‘सरकारमा समाजवादी वा पुँजीवादी अनुहारको व्यक्ति छ भन्ने कुरामा लगानी निर्भर गर्दैन । वाद र विचारधाराभन्दा अहिले मानिसले बजार र नाफा हेरेर लगानी गर्ने अवस्था छ ।’ वैदेशिक लगानी आकर्षित गर्ने मात्र नभई सरकारले आन्तरिक लगानीकर्ता र उद्यमीलाई समेत प्रेरित गर्ने तथा उनीहरूको मनोबल उठाउने काम गरिरहेको मन्त्री पुनले उल्लेख गरे ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर