नेभिगेसन मेनु

नौ महिनामा बयालिस प्रतिशत खर्च
सम्पादक:南亚网络电视
समय:2024-04-21 12:33

simkot,-humla-Rajan

वैशाख ९ गते । आर्थिक वर्ष सुरु भएको नौ महिनामा ४२.६१ प्रतिशत वित्तीय प्रगति भएको पाइएको छ । आव सुरु भएको लामो समय भए पनि योजना सम्झौताका लागि ढिलाइ हुनका साथै उपभोक्ता र निर्माण कम्पनीले काम पनि सुस्त गर्दा वित्तीय प्रगति हासिल भएको हो । 

सिमकोट गाउँपालिकाका लेखा अधिकृत विशाल बोहोराले नौ महिनामा उल्लेख्य आर्थिक प्रगति हासिल हुन नसकेको बताउँदै गत वर्षभन्दा प्रगति भने कम नरहेको बताउनुभयो । 

उहाँले निर्माणको जिम्मा लिएका निर्माण कम्पनी र उपभोक्ताबाट काम चैत महिनापछि गर्ने र सुस्त गतिमा गर्ने मान्यताले वित्तीय प्रगति हासिल गर्न समस्या देखिएको बताउनुभयो । उहाँले गाउँपालिकाले हालसम्म चालु आवको कुल बजेटमा चैत मसान्तसम्म २४ करोड २६ लाख ६२ हजार १३७ रुपियाँ खर्च हुन सकेको बताउनुभयो । 

यस वर्ष कुल ५६ करोड ८३ लाख ६८ हजार ६०६ रुपियाँको बजेट तर्जुमा भएको छ । यसमा चालुमा विनियोजित भएको ३६ करोड ६८ लाख ९६ हजार २०३ रुपियाँमा २० करोड २२ लाख २५ हजार ४७१ रुपियाँ खर्च भएर ४४.६२ प्रतिशत खर्च भएको छ भने पुँजीगततर्फ २० करोड १४ लाख ७२ हजार ४०२ रुपियाँ खर्च भएर १३.५७ प्रतिशत खर्च भएको छ । 

अब बाँकी करिब ५८ प्रतिशत बजेट खर्च तीन महिनामा गर्नुपर्ने दबाबमा गाउँपालिका रहेको छ । त्यसै गरी भौतिक प्रगति भने करिब ५० प्रतिशत रहेको गाउँपालिकाले जनाएको छ ।    

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर