नेभिगेसन मेनु

आइटी क्षेत्रले बजेटमा प्राथमिकता पाउँछ - अर्थमन्त्री
सम्पादक:南亚网络电视
समय:2024-05-08 13:00

barshaman_35jNg7CYOA

सरकारले आगामी आर्थिक वर्षको बजेटमा आइटी क्षेत्रलाई विशेष प्राथमिकता दिने भएको छ । 

अर्थमन्त्री वर्षमान पुनले आज मन्त्रालयमा बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिसँग छलफल गर्दै आइटी क्षेत्र सरकारको प्राथमिकतामा रहेको बताएका हुन् । पछिल्लो समय आइटीमा युवाहरुको आकर्षण बढ्दै गएकाले बजेटमा यो क्षेत्रले महत्व पाउने उनको भनाई छ । 

'हाम्रो भू-अवस्थितिअनुसार सूचना प्रविधि क्षेत्रमा केन्द्रित हुँदा त्यसबाट ठूलो सङ्ख्यामा रोजगारी सिर्जना हुने र लगानी आउने सम्भावना बढी हुन्छ', अर्थमन्त्री पुनले भने, 'आगामी बजेटमार्फत सूचना प्रविधि क्षेत्रलाई प्रवर्द्धन गर्ने सोच बनाएका छौँ।'

मन्त्री पुनले नीजि क्षेत्रलाई ढुक्क भएर लगानी गर्न पनि आग्रह गरेका छन् । सरकारले अभिभावकत्व भूमिका खेल्ने पनि आश्वासन दिँदै उनले भने, 'राज्यका निकायले निजी क्षेत्रलाई तर्साउने र निरुत्साहित गर्ने काम गर्दैन, सरकारले निजी क्षेत्रलाई प्रवर्द्धन र सहजीकरण गर्छ ।' 

गत वर्षको तुलनामा यस वर्ष अर्थतन्त्र चलायमान भएको र चालु आर्थिक वर्षभन्दा आगामी वर्ष थप चलायनमा हुने गरी बजेट ल्याउने तयारीमा आफू रहेको उनले जानकारी पनि दिएका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर