नेभिगेसन मेनु

महिनामै भित्रिए एक लाख विदेशी पर्यटक
सम्पादक:南亚网络电视
समय:2024-03-03 13:13

tourist2023-08-03-10-45-24

यो वर्ष विदेशी पर्यटक आगमनमा सुखद संकेत देखिएको छ । फेब्रुअरी २०२४ मा ९७ हजार चार सय २६ पर्यटक नेपाल भित्रिएको पर्यटन बोर्डले जनाएको छ । जुन गत वर्ष सन् २०२३ को फेब्रुअरीको तुलनामा ३३ प्रतिशतले बढी हो ।

फेब्रुअरी २०२३ मा ७३ हजार दुई सय ५५ विदेशी पर्यटक नेपाल घुम्न आएको बोर्डको तथ्यांक छ । यद्यपि, देशको पर्यटक आगमन कोभिडअघिकै अवस्थामा भने फर्किएको छैन । कोभिडअघि फेब्रुअरी २०१९ मा एक लाख दुई हजार चार सय २३ पर्यटक नेपाल आएका थिए । उक्त वर्षसँग तुलना गर्दा फेब्रुअरीमा पर्यटक आगमन ९५ प्रतिशत रिकभरी भएको देखिन्छ । सन् २०१९ मा हालसम्मकै धेरै पर्यटक नेपाल भित्रिएको समय थियो ।

कोभिड महामारी फैलिएपछि फेब्रुअरी २०२० मा पर्यटकको संख्या घटेर वार्षिक नौ लाख दुई सय ६६ मा खुम्चिएको थियो । फेब्रुअरी २०२१ मा आठ हजार आठ सय ७४ र फेब्रुअरी २०२२ मा १६ हजार नौ सय ७५ पर्यटक मात्रै भित्रिएका थिए । महामारी कम भएसँगै विदेशी पर्यटक आगमनमा सुधार हुँदै आएको तथ्यांकले देखाउँछ । नेपाल घुम्न आउने पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय छन् ।

फेब्रुअरीमा पनि सबैभन्दा धेरै २५ हजार पाँच सय ७८ भारतीय पर्यटक नेपाल घुम्न आएको तथ्यांक छ । नौ हजार एक सय ८० पर्यटक भित्रिएर चीन दोस्रो स्थानमा छ । पछिल्लो समय चिनियाँ पर्यटकको आगमन क्रमशः बढ्दो अवस्थामा छ । फेब्रुअरीमा अमेरिकाबाट नौ हजार ८९, थाइल्यान्डबाट चार हजार सात सय ९९, बेलायतबाट चार हजार पाँच सय ७१, बंगलादेशबाट चार हजार ९९, श्रीलंकाबाट तीन हजार ६ सय ८४, अस्ट्रेलियाबाट दुई हजार नौ सय ७६, म्यानमारबाट दुई हजार नौ सय २१, जर्मनीबाट दुई हजार चार सय ९४ पर्यटक नेपाल घुम्न आएको पर्यटन बोर्डको तथ्यांक छ । 

सन् २०२४ को जनवरी र फेब्रुअरी दुई महिनामा एक लाख ७६ हजार पाँच सय २६ पर्यटक नेपाल आएका छन् । वर्षको पहिलो महिना जनवरीमा ७९ हजार एक सय पर्यटक नेपाल भ्रमणमा आएका थिए । नेपालमा सबैभन्दा धेरै पर्यटक दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा आबद्ध सात मुलुकबाटै आउने गरेका छन् । फेब्रुअरीमा सार्क मुलुकबाट ३५ हजार दुई सय आठ पर्यटक आएका छन्, कुल पर्यटक आगमनको ३६ प्रतिशत हो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर