नेभिगेसन मेनु

‘काठमाडौँमा स्मार्ट पर्यटन सम्भव’
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-12 12:51

Tourist-Fun-at-Bhaktapur-Durbar-area_caption_sujan-gurung_IMG_1620

मङ्सिर २६ गते । प्रयोगकर्ता (पर्यटक) को आवश्यकता पहिचान र बजार सर्वेक्षण प्रतिवेदनले काठमाडौँमा स्मार्ट पर्यटन सम्भव रहेको देखाएको छ । महानगरपालिकाको स्वर्णिम योजना ‘पर्यटकीय सहर’ अन्तर्गत भएको मार्केट रिसर्च फर एआर (अग्मेन्टेड रियालिटी), भिआर (भर्चुअल रियालिटी), क्युआर (क्विक रेस्पोन्स) फर टुरिजम एप्लिकेसनको प्रारम्भिक प्रतिवेदनमा यस्तो देखाइएको हो ।  ठमेल, वसन्तपुर, पशुपतिनाथ, बौद्ध र स्वयम्भूमा भेटिएका १२५ जना पर्यटकले सर्वेक्षणमा भाग लिएका थिए । उनीहरू २९ वटा देशबाट आएका हुन् । यसमा संयुक्त राज्य अमेरिका, अस्टे«लिया, बेल्जियम, इटाली, स्पेन, युक्रेन, रसिया, पोर्चुगल, अस्ट्रिया, बेल्जियम, आयरल्यान्डलगायत देशका पर्यटक थिए ।

  उहाँहरूमध्ये ६१.८ प्रतिशत पहिलो पटक आएका थिए । २०.३ प्रतिशत दोस्रो पटक र १७.०९ प्रतिशत पर्यटक दुई पटकभन्दा धेरै आएका थिए । नेपाल आउने प्रयोजनमा सबैभन्दा धेरै ८१ जना (६४.०८ प्रतिशत) टे«किङका लागि, ५२ जना (४१.०६ प्रतिशत) साहसी खेलका लागि, हिमाल आरोहण गर्न ४५ जना (३६ प्रतिशत), सांस्कृतिक प्रयोजनका लागि ४१ जना (३२.८ प्रतिशत), बिदा मनाउन ३५ जना (२८ प्रतिशत), साथी र परिवारका लागि १९ जना (१५.०२ प्रतिशत) आएका थिए । सर्वेक्षणमा अध्ययन, मनोरञ्जन, स्वयंसेवा, पर्यटन, लेखन र धार्मिक क्रियाकलाप र विवाहका लागि आएका एक/एक जना सहभागी थिए । यस्तै काम र व्यापारका लागि आएका तीन/तीन जना समेटिएका छन् ।  यसरी आउनेमध्ये सबैभन्दा धेरै ८६ जना (६९.४ प्रतिशत) ले वेबसाइटबाट पहिलो सूचना पाएको बताए । ५९ जना (४७.०६ प्रतिशत) ले साथी तथा परिवारबाट, ५८ जना (४६.८ प्रतिशत) ले सामाजिक सञ्जालबाट र ४० जना (३२.०३ प्रतिशत) ले पुस्तकबाट जानकारी पाएको बताएका छन् ।  यसरी सूचना प्राप्त गर्ने स्रोतहरूमा पुस्तक, पत्रिका, हवाई सेवा, होटल, साथीभाइ, गुगल, पहिलो भ्रमण, ट्राभल भ्लग, ट्राभल गाइड, टेलिभिजनलगायत भएको उल्लेख गरेका छन् ।

यसरी प्राप्त गरेको सूचनालाई ९५.७ प्रतिशतले विश्वासयोग्य, ९९.१ प्रतिशतले सहयोगी, ८१.१ प्रतिशतले पूर्ण सूचना दिएको र ९३.८ प्रतिशतले सूचनाबाट आफू सन्तुष्ट बताउनुभयो । १८.९ प्रतिशतले आफूलाई सूचना दिने स्रोतमा पूर्ण विवरण नभएको उल्लेख गरेका छन् । यो अवस्थालाई पर्यटनसम्बन्धी सूचना विवरणमा काम गर्नेले मनन गर्नुपर्ने देखिन्छ ।  सर्वेक्षणमा सहभागीमध्ये ९७.६% ले स्मार्ट फोन बोकेको उल्लेख गरेका थिए । केहीले भने स्मार्ट फोनको प्रयोगबाट टाढा रहनका लागि आएको पनि बताउनुभयो ।

अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै मौलिक नेपालका परामर्शदाता सुशान्त तुलाधरले भन्नुभयो, “५४.१ प्रतिशतले आइओएस, ३९.३ प्रतिशतले एन्ड्रोइड फोन बोकेका थियो । केहीले दुई वटा फोन बोकेका थिए भने कसैले स्मार्ट फोनका कुनै सुविधा नभएका पुराना मोडलका फोन बोकेका थिए ।”  घुम्न आउने प्रक्रिया गर्दा ११२ जना (९१.८ प्रतिशत) ले स्मार्ट फोनबाट काम गरेका थिए । ४५ जना (३६.९ प्रतिशत) ले ल्यापटपबाट, चार जना (३.३ प्रतिशत) ले डेक्सटप कम्प्युटरबाट र १३ जना (१०.७ प्रतिशत) ले ट्याब्लेट प्रयोग गरेको बताएका थिए । काठमाडौँ महानगरपालिका सम्पदा विभागका प्रमुख अर्चना श्रेष्ठ शाक्यले भन्नुभयो, “पर्यटन व्यवस्थापनसँग सम्बन्धित पक्षबाट आएको पृष्ठपोषण र बजारबाट थप सूचना लिएर काम अगाडि बढाइने छ ।” पर्यटन महाशाखा प्रमुख श्रजु प्रधानले भन्नुभयो, “अग्मेन्टेड रियालिटी (एआर) मा अक्षर, ग्राफिक्स सूचना हुन्छन् । संवर्धन गरिएको वास्तविकता देखाउन मोबाइल एप्लिकेसनको प्रयोग हुन्छ ।

मोबाइलमा भएको क्यामराबाट कुनै वस्तु खिच्दा त्यसमा खिचिएको वस्तुसँग सम्बन्धित जानकारी देखाउँछ । नेपालमा यसको प्रयोग भइसकेको देखिँदैन । भर्चुअल रियालिटी र क्युआरका क्षेत्रमा भने धेरै प्रयोग भइसकेको छ । यस्ता प्रयोगबाट काठमाडौँ महानगरपालिका पर्यटन व्यवस्थापनमा आयाम थप्न सकिन्छ ।”         

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर