नेभिगेसन मेनु

आन्तरिक पर्यटकको चहलपहल
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-11-21 12:04

tshorolpa-lake

मङ्सिर ५ गते । नेपालकै सबैभन्दा ठुलो दोलखाको गौरीशङ्कर गाउँपालिका–९ मा अवस्थित च्छोरोल्पा हिमतालमा पुग्ने पर्यटकको सङ्ख्या बढेको छ । वर्षामा आवतजावत करिब बन्द रहेको च्छोरोल्पा हिमताल असोज महिनादेखि खुला भएपछि पर्यटकको घुइँचो लाग्न थालेको स्थानीय मिङमा शेर्पाले जानकारी दिनुभयो  । 

समुद्र्री सतहबाट चार हजार ५८० मिटरको उचाइमा रहेको यो तालसम्म पुग्न पाँच दिनको पैदलयात्रा गर्नु पर्छ । गौरीशङ्कर गाउँपालिकाको रोल्वालिङ उपत्यकामा रहेको यो स्थान पदयात्राका लागि अति नै रमणीय एवं रोमाञ्चक रहेकाले सबैको आकर्षणको केन्द्र बन्दै गइरहेको स्थानीय रत्ना तामाङले बताउनुभयो । 

कोरोना महामारीअघि बाह्य पर्यटकले खचाखच हुने गथ्र्याे । महामारी सकिए पनि फाट्टफु्ट्टबाहेक खासै बाह्य पर्यटक आएका छैनन् । यो हिमताल अहिले आन्तरिक पर्यटकको भिडले होटल व्यवसायीलाई धान्न हम्मे हम्मे परेको होटल व्यवसायी थुल्डु शेर्पाले बताउनुभयो । 

दसँै तथा तिहारपछि मात्र करिब एक हजार आन्तरिक पर्यटकको आगमन भइसकेको छ भने दिनप्रतिदिन सङ्ख्या बढ्दै गइरहेको उहाँले जानकारी दिनुभयो । सिमीगाउँबाट सुरमुर्चे, क्याल्चे, दोङयाङ, वेदिङ र ना हुँदै यो तालसम्म पुग्न सकिन्छ । साहसिक पदयात्राका लागि अति नै रमणीय एवं रोमाञ्चक स्थलका रूपमा प्रख्यात मानिने रोल्वालिङ उपत्यकाको च्छोरोल्पा पुग्दा संसार जितेको महसुस हुने आन्तरिक पर्यटकको भनाइ रहेको छ ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर