नेभिगेसन मेनु

पर्यटन प्रवर्द्धनका लागि साल्पा–सिलिचुङ क्षेत्रमा महोत्सव हुने
सम्पादक:南亚网络电视
समय:2023-11-29 16:10

0

भोजपुर, मङ्सिर १३ गते । भोजपुर, खोटाङ, सोलुखुम्बु र सङ्खुवासभा जिल्लाको सङ्गमस्थल साल्पासिलिछो गाउँपालिका–५ दोभानेमा रहेको धार्मीक, सांस्कृतिक तथा पर्यटकिय क्षेत्र साल्पापोखरी र सिलिचुङ डाँडाको प्रचारप्रसार तथा उक्त क्षेत्रमा आन्तरिक एवम् बाह्य पर्यटक प्रवर्द्धनका लागि मेला महोत्सव हुने भएको  छ ।

समुन्द्री सतहदेखि तीन हजार ६७२ मिटर उचाइमा रहेको साल्पापोखरी र चार हजार १५३ मिटरको उचाइमा रहेको सिलिचुङ डाँडा धार्मीक, सांस्कृतीक तथा पर्यटकिय क्षेत्रमा चर्चित भए पनी पर्यटक आगमन थेरै भएकाले पर्यटक प्रवर्द्धनका लागि महोत्सवको आयोजना गरिएको हो ।

उक्त क्षेत्रको विकास, संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्दै आएको साल्पासिलिचुङ संरक्षण तथा पर्यटन प्रवर्द्धन विकास केन्द्रले वार्षिक रुपमा मेल आयोगना गर्दै आएको छ ।

केन्द्रका सदस्य विर कुमार राईले वार्षिक रुपमा वैशाख, भदौ, कात्तिक र फागुनका पूर्णिमामा विशेष मेला आयोजना गर्दै आएको बताउनुभयो ।

प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल साल्पा पोखरी र सिलिचोङडाडाँमा पर्यटकको विकास गर्न आवश्यक रहेको सङ्घीय सांसद माया राई बताउनुहुन्छ । उहाँले यस क्षेत्रको धार्मिक, सामाजिक, सांस्कृतीक, आर्थिक विकासका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले संयुक्त रुपमा सहकार्य गर्न आवश्यक रहेको समेत उल्लेख गर्नुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर