नेभिगेसन मेनु

एक गिलास पानी एकसय तीस रुपियाँमा विक्री गरेर पर्यटकमाथि लुट
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-06 13:12

sfgvnb

मङ्सिर २० गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ स्थित प्रसिद्ध पर्यटकीय स्थल घोडेपानीको पुन हिलमा पर्यटकलाई पिउने पानी लैजान बन्देज गरिएको छ । स्थानीय जनप्रतिनिधि र प्रशासनसँगको मिलेमतोमा व्यपारीहरुले पर्यटकले पानी लैजान नपाउने व्यवस्था गरी महँगोमा पानी किन्न लगाएर लुट मच्चाउने गरेको हो । 

पुनहिल पुगेका पर्यटकले त्यहाँ सञ्चालन भएको टिहाउसबाट महँगोमा पानी किनेर पिउनुपर्ने नियम बनाएको छ । पुनहिल जाँदा थर्मसमा आफै तातोपानी बोकेर लैजान नपाएको पर्यटकहरूले गुनासो गरेका छन् । घोडेपानीका स्थानीयहरूले पुनहिल सञ्चालन गर्दा बनाएको वर्षौँदेखिको नियमलाई अहिले गाउँपालिकाले पनि कायम राखेको छ । 

घोडेपानी देखि करिब ४५ मिटरको पदयात्रा पछि पुगिने तीन हजार दुई सय १० मिटरको उचाइमा रहेको पुनहिलको भ्रमणमा जाने आन्तरिक एवम् विदेशी पर्यटकले आफै तातोपानी बोकेर लैजान बन्देज गरिएको हो । कसैले पानी लिएर गएमा तीन हजार रुपियाँसम्म जरिवाना तोकिएको छ । 

पानीको थर्मस, आगो बाल्ने ग्याँस लगायतका सामग्रीहरू लैजान नपाइने सूचना पुनहिल प्रवेश गर्ने प्रवेशद्वारमा टाँस गरिएको छ । पुनहिलमा सञ्चालन गरिएको टिहाउसबाट नै पानी किनेर पिउनुपर्दछ । एक गिलास तातोपानीको मूल्य एक सय तीस रुपियाँ कायम गरिएको छ ।   

सुन्दर ठाउँ भए पनि यहाँको नियम पर्यटकमैत्री लागेन पोखराबाट पुनहिलको भ्रमणमा आउनुभएका अनिल गुरुङले भन्नुभयो, ‘‘आफूलाई आवश्यक पर्ने तातोपानी आफै लैजान नपाइने नियम रहेछ । यो नियम पर्यटकमैत्री भएन,यो त सिन्डिकेट भयो । यहाँ बिहानीपख अत्यधिक चिसो भएकाले पर्यटकले थर्मसमा तातोपानी लिएर आउन पाउनुपर्दछ ।’’ पर्यटकमैत्री नभएको नियमलाई खारेज गर्न सरोकारवाला पक्षहरूलाई उहाँले अनुरोध गर्नुभयो । फेरी अर्को पटक पुनहिल आउँदा यो नियम बदलिएको होस् उहाँको भनाई थियो । 

पर्यटकीय स्थलमा प्रवेश शुल्क लिन र कफीसफ तथा रेस्टुरेन्ट सञ्चालन गर्न एक वर्षका लागि अनुमतिसहित गाउँपालिकाले चालु आर्थिक वर्षमा ६३ लाख ११ हजार रुपियाँमा आय ठेक्कामा लगाएको छ । पुन हिलमा प्रवेश गर्न आन्तरिक पर्यटकले पचास र विदेशी पर्यटकले एक सय पचास रुपियाँ शुल्क गाउँपालिकाले कायम गरिदिए पनि पानी,चिया,कफीको शुल्क निर्धारण गरेको छैन ।  

पर्यटकले पुन हिलमा पानी लगायतका सामग्री लैजान नपाउने नियम पहिला देखि नै चलिआएको पुनहिल र टिहाउस सञ्चालनका लागि ठेक्कामा लिनुभएका विरेन पुनले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘प्रवेश शुल्क उठाउन र टिहाउस सञ्चालनका लागि हामीले गाउँपालिकालाई ठुलो रकम बुझाएका छौं । पर्यटकले आफैले पानी लगायतका सामग्री लिएर आउँदा हाम्रो व्यापार नभएपछि कसरी पालिकालाई रकम बुझाउन सक्छौँ ? ।’’ यो विषयमा पालिकाले नै नियम बनाइदिए राम्रो हुने उहाँको भनाई छ । चिसो ठाउँ छ बिहानै पानी बोकेर ल्याउनुपर्ने भएकाले पानी,चिया र कफीको मूल्य धेरै भएको उहाँको भनाई छ । यहाँ चिया र कफीको किसिम अनुसार एक सय पचास देखि दुई सय पचास रुपियाँ सम्म मूल्य निर्धारण गरिएको छ । 

यो वर्ष पर्यटक आगमनमा कमी भएकाले ठेक्कामा घाटा लाग्ने देखिएको छ  सञ्चालक पुनले  भन्नुभयो, ‘‘गाउँपालिकाले ठेक्काको रकम घटाउने,शुल्कमा कमी गर्ने र पर्यटकलाई पानी लैजान दिने नियम बनाउन हामी सकारात्मक छौँ ।’’ पर्यटकलाई सहज हुने गरी नियम बनाउन हामीलाई कुनै समस्या छैन उहाँले भन्नुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर