नेभिगेसन मेनु

चन्द्रागिरी डाँडाबाट प्याराग्लाइडिङको व्यावसायिक उडान सुरू (फोटो फिचर)
सम्पादक:南亚网络电视
लेखक:नेपाली नेटवर्क
समय:2023-11-08 14:25

1699351211-TFpDQ

काठमाडौं । उपत्यका नजिक चर्चित पर्यटकीय गन्तव्य चन्द्रागिरी हिल स्टेशन नजिकै अर्को डाँडाबाट प्याराग्लाइडिङको व्यावसायिक उडान सुरू भएको छ । 1.jpg   हाइ अल्टिच्युड प्याराग्लाइडिङको नेपालकै पहिलो प्रशिक्षक पाइलट सानोबाबु सुनुवारको कम्पनी बाबु एड्भेन्चर्सले प्याराग्लाइडिङ सञ्चालनमा ल्याएको हो ।  370240633_1574816106661447_686931835680174970_n.jpg भालेश्वर मन्दिरबाट २० मिनेट पश्चिमतर्फको चन्द्रागिरी डाँडाबाट प्याराग्लाइडिङ उडान गरिएको संचालक सुनुवारले जानकारी दिनुभयो ।  काठमाडौं पर्यटकीय दृष्टिले महत्त्वपूर्ण रहेको सन्दर्भमा प्याराग्लाइडिङको संचालनले काठमाडौंमा साहसिक पर्यटनको लागि नयाँ गन्तव्य थपिएको सुनुवारले बताउनुभयो । 370125433_353295127078764_2627285396090876437_n.jpg   चन्द्रागिरी र चिल्लाङ ओर्लिने खोँचको २३ सय मिटरको उचाइबाट सुरू हुने उडान त्यहाँबाट आकाशमा सय मिटरसम्म उचाइ लिँदै चन्द्रागिरी क्षेत्रको हरियो जंगल, काठमाडौं उपत्यका तथा  चित्लाङका मनमोहक दृश्यहरूको अवलोकन गर्दै समुन्द्र सतहबाट १७ सय मिटर उचाइ रहेको चित्लाङमा प्याराग्लाइडिङको अवतरण गरिन्छ ।  370240547_255909297098617_2059934452494590676_n.jpg प्याराग्लाइडिङ उडानका क्रममा भालेश्वर मन्दिरको ’एरियल भ्यु’का साथै काठमाडौं उपत्यकाको अधिकांश भूभागको अवलोकन गर्न सकिनेछ ।   370236156_1222163965842934_2092303045518668682_n.jpg रसुवा र धादिङका भूभाग समेत देख्न पाइने उडानबाट मकवानपुरको टिस्टुङ, पालुङ लगायत मानव निर्मित इन्द्रसरोवर ताल सहित उत्तरतर्फ देखिने फराकिलो हिमश्रृङ्खलाको आकर्षक दृश्यावलोकन गर्न सकिन्छ । 382904545_2103422946667400_3257951104363512513_n.jpg   हाललाई  बिहान ८ बजेदेखि ५ बजेसम्म प्याराग्लाइडिङ उडान सेवा दिइरहेको कम्पनीले  स्वदेशी र विदेशीका लागि प्याराग्लाइडिङको प्रतिव्यक्ति ८ हजार शुल्क लाग्ने जनाएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर