नेभिगेसन मेनु

‘शिक्षा ऐन नहुँदा समस्या’
सम्पादक:南亚网络电视
लेखक:गाेरखा पत्र
समय:2023-09-03 13:05

Minister-Mahesh-Pd-Yadav

लहान, भदौ १७ गते  । मधेश प्रदेशका शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादवले प्रदेश सरकारले ल्याएको साक्षरता कार्यक्रम प्रभावकारी रूपमा सफल बनाउन आग्रह गर्नुभएको छ ।

१६ औँ पुस्तकालय दिवसका अवसरमा सिर्जना सामुदायिक पुस्तकालय, लहान–११, पडरियाले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । सुगम रहेको मधेश प्रदेशमा अहिले पनि निरक्षर रहेकाले सबैलाई साक्षर बनाउन मधेश सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा बजेटको व्यवस्था गरेर साक्षरता कार्यक्रम अगाडि बढाएको उहाँले बताउनुभयो । मन्त्री यादवले भन्नुभयो, “दलित, अति दलित डुम, मेस्तर र कुसहर समुदायका बालबालिका अहिले पनि विद्यालयबाहिर रहेकाले यस कार्यमा सामुदायिक पुस्तकालयहरूको पनि भूमिका देखिनुु आवश्यक छ ।”

पुस्तकालय धराशायी भइरहेको समयमा लहानका सिर्जना सामुदायिक पुस्तकालय टिकेकोमा प्रशंसा गर्दै उहाँले मधेश प्रदेशका पुस्तकालयहरूलाई पुनर्जागरण गर्न प्रदेशस्तरीय भेला बोलाएर कार्यव्रmम गरिने दृढता व्यक्त गर्नुभयो । अहिलेसम्म सङ्घीय शिक्षा ऐन नआउँदा प्रदेशको शिक्षा ऐन बनाउन समस्या भइरहेको भन्दै मन्त्री यादवले मधेशको शिक्षामा देखिएको विकृति हटाउन सरकार नयाँ सोचको साथ अगाडि बढने प्रस्ट्याउनुभयो । 

प्रदेश सभा सदस्य राजेन्द्रप्रसाद चौधरीले सृजना पुस्तकालय २०३२ सालमा सञ्चालनमा ल्याएर पञ्चायती व्यवस्थाको विरोधमा जागरण ल्याएको भन्दै यस पुस्तकालयको व्यवस्था र अवस्था बुझेर प्रदेश सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा डा. महादेव साहले पुस्तकालयको हिजो र आजको विषय, प्राध्यापक धरणीधर अधिकारीले प्रविधिको विषय र पशुपति माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक विश्वनाथ मेहताले पठन संस्कृतिको विषयमा धारणा व्यक्त गर्नुभएको थियो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर