नेभिगेसन मेनु

पानी बाँड्दै गाउँपालिका
सम्पादक:南亚网络电视
समय:2023-07-30 12:35

pani

सर्लाही, साउन १४ गते । चापाकलमा पानी सुकेपछि सर्लाहीको चन्द्रनगर गाउँपालिकाले बस्तीमा ट्याङकर पठाएर खानेपानी वितरण गर्न सुरु गरेको छ। 

खडेरीका कारण गाउँपालिकाभरि खानेपानीको चरम अभाव हुन थालेपछि ट्याङकरबाट पानी वितरण गर्न सुरु गरिएको गाउँपालिका अध्यक्ष राजकुमार महतोले जानकारी दिनुभयो। “चापाकल सुकेपछि खानेपानीको हाहाकार हुन थाल्यो, त्यसैले बस्तीमै ट्याङक पठाएर पानी बाँडिरहेका छौँ,” उहाँले भन्नुभयो, “बिहान ४ बजेदेखि राति ८ बजेसम्म विभिन्न बस्तीमा ट्याङकर पठाएर स्थानीयवासीलाई पानी खुवाइरहेका छौँ।” 

गाउँपालिकाले भर्खरै गत आर्थिक वर्ष २०७९/८० मा गाउँपालिका अध्यक्ष योजना अन्तर्गत पानी ट्याङकर खरिद गरेको थियो। गाउँपालिका अध्यक्ष महतोका अनुसार पहिलो चरणमा चापाकलबाट पानी नै आउन छाडेको फरिद टोल, कोइरियाही टोल, मोहनपुर, बडबुर्वा, बबरगन्ज, रतनपुर, पोखरियालगायतका स्थानमा नियमित ट्याङ्कर पठाएर पानी खुवाउने काम भइरहेको छ। 

बस्तीमा खानेपानीको ट्याङ्कर आउनासाथ स्थानीय गाग्रो तथा अन्य भाँडा बोकेर पानी थाप्न पुग्ने गरेका छन्। गाउँपालिकाले डिप बोरिङबाट ट्याङ्करमा पानी भरेर बस्तीमा वितरणका लागि पठाउने गरेको छ। चापाकल सुकेर पानीको समस्या भइरहेका बेला केही दिनदेखि गाउँपालिकाले यसरी बस्तीमै पानी पठाउन थालेपछि स्थानीय खुसी भएका छन्। गाउँपालिका अध्यक्ष महतोले पानीको अभाव भएको प्रत्येक टोलमा पानी पु-याउने प्रयास गरिरहेको बताउनुभएको छ। 

“सातवटै वडामा ट्याङ्कर पु-याएर पानी खुवाउने योजना छ, अहिले बढी कल सुकेको टोललाई प्राथमिकता दिएका छौँ,” गाउँपालिका अध्यक्ष महतोले भन्नुभयो। जिल्लामा अहिले अन्य पालिकामा पनि चापाकल सुकेर पानी आउन छाड्दा स्थानीय बासिन्दाले खानेपानीको समस्या झेलिरहेका छन्।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर