नेभिगेसन मेनु

सुनसान बने पालिका कार्यालय
सम्पादक:南亚网络电视
समय:2023-07-19 13:17

Untitled-1 (15)

सर्लाही, साउन ३ गते । आर्थिक वर्षको अन्तिममा निकै भिडभाड देखिएको स्थानीय तहका कार्यालय अहिले भने सुनसान बनेका छन्। नयाँ आव सुरु भएसँगै पालिकाका केन्द्र सुनसान बनेका हुन्।

विभिन्न योजना तथा कार्यक्रमको भुक्तानी लिनका लागि आवको अन्तिममा यहाँको २० वटै पालिका कार्यालयमा भिडभाड थियो। नयाँ आव सुरु भएपछि भने प्रत्येक पालिका कार्यालय सुनसान बनेको कर्मचारीले बताएका छन्। असार ३१ गते आव २०७९/८० समाप्त भई साउन १ गतेबाट नयाँ आव २०८०/८१ सुरु भएको छ।

नयाँ आव सुरु भएको केही सातासम्म बर्सेनि पालिकाको कार्यालय तथा अन्य विकासे अड्डा सुनसान नै हुन्छन्। साउन लागेपछि प्रत्येकजसो कार्यालयका प्रमुख र योजना तथा लेखा शाखामा कार्यरत कर्मचारी केही हप्ता बिदा नै लिएर बस्ने परिपाटी छ। आवको सुरुमै बजेट खर्च नहुने भएकाले पनि प्रत्येक पालिकामा मानिसको चाप घटेको हो। अब केही महिना विभिन्न सिफारिस तथा नियमित कामबाहेक बजेटसम्बन्धी अन्य काम नहुने कर्मचारीले बताएका छन्। 

गोडैता नगरपालिका–११, सिसौटियाका रामदिनेश यादवले नगरपालिका कार्यालय पुग्दा असार अन्तिमतिर जस्तो चहलपहल नदेखेको बताउनुभयो। नयाँ आवको सुरुवातमा कर्मचारी पनि फुर्सदिला देखिएका छन्। जनप्रतिनिधिको दौडधुप समेत कम भएको छ। 

हरिपुर नगरपालिका–८, का वडाध्यक्ष हरिबहादुर थापाले अब यो आवको योजना सञ्चालन नहुन्जेलसम्म वडाबाट हुने विभिन्न सिफारिस, छलफल, मेलमिलापलगायतमै दिन बित्ने बताउनुभयो।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर