नेभिगेसन मेनु

भुक्तानी नपाएपछि धर्ना
सम्पादक:南亚网络电视
समय:2023-07-13 12:30

Untitled-1 (5)

सप्तरी, असार २८ गते । राजविराज नगरपालिकामा विभिन्न निर्माण काम गरेबापतको रकम भुक्तानी नपाएपछि उपभोक्ता समितिका पदाधिकारी तथा निर्माण व्यवसायीले नपा कार्यालयमा तालाबन्दी गरेर धर्ना दिएका छन् । नगरपालिका मार्फत भएका सडक, नाला, प्रवेशद्वार, सामुदायिक भवन निर्माणलगायत विभिन्न योजनाको भुक्तानी नपाएपछि उपभोक्ता समितिका पदाधिकारी तथा निर्माण व्यवसायीहरू आन्दोलनमा उत्रेका हुन् । 

उपभोक्ता समितिका अध्यक्षमध्येका अनिल देवले तीन दिनदेखि आफूहरू आन्दोलनमा बस्दा पनि नगरपालिकाका पदाधिकारीले कुनै चासो नदेखाएको गुनासो पोख्नुभयो । आफूहरूले काम गरेबापतको रकम भुक्तानी पाउनुपर्ने एक सूत्रीय मागका साथ आन्दोलनमा उत्रिएको बताउँदै उहाँले यस्तै बेवास्ता गरिए अनशनमा उत्रिने चेतावनी दिनुभयो । 

भुक्तानीको अन्तिम समय आइतबार मध्यरातिसम्म भुक्तानी नभएका कारण नगरपालिकामार्फत गरिएका काममध्ये करिब १० करोड रुपियाँभन्दा बढीको भुक्तानी बाँकी रहेको नगरपालिकाले जनाएको छ । यता तीन दिनदेखि उपभोक्ता समितिका पदाधिकारी तथा निर्माण व्यवसायीहरू नगरपालिका कार्यालयमा तालाबान्दी गरी धर्ना दिँदा नगरपालिकामा विभिन्न कामले आएका सेवाग्राही भने निराश भई फर्किने गरेका छन् ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर