नेभिगेसन मेनु

मुस्ताङ घुम्न सिएनएनको सिफारिस
सम्पादक:南亚网络电视
समय:2023-05-15 16:44

mustang-news-photo

विश्वमा उत्कृष्ट क्षेत्रमध्ये नेपालको मुस्ताङ पनि रहेको अमेरिका समाचार संस्था (सिएनएन)ले जनाएको छ । सिएनएनको रिर्पोट अनुसार २०२३ मा दक्षिण एसियामा घुम्नै पर्ने २३ गन्तव्यभित्र मुस्ताङलाई समेटेको छ । 

नेपालको मुस्ताङ उपत्यका चीनको स्वशासित क्षेत्र तिब्बतको ढोकामा अवस्थित छ । हिमालय र भारतबीचको व्यापारलाई सहज बनाउने पुरानो ट्रेलहरू मध्य मुस्ताङसमेत रहेको सिएनएनले उल्लेख गरेको छ । 

तल्लो मुस्ताङको जोमसोमको सानो सहरमाथि रहेको छ, यहाँ सबैखाले उपलब्ध रिसोर्टहरु रहेका छन् । लक्जरी खोज्नेहरूदेखि परम्परागत तिब्बती घरहरूबाट प्रेरित २९ सुइटहरूसमेत रहेका रिर्सोटहरु रहेका छन् ।  

पदयात्राका अतिरिक्त, मुस्ताङमा पर्यटकहरूले पुरातन गाउँहरू र बौद्ध गुम्बाहरू हेर्न सक्छन् । साथै छुटाउन नहुने अर्को कुरा भनेको मानव निर्मित गुफाहरू छन्, जहाँ दुई हजार वर्ष पुरानो बौद्ध मूर्तिकला र चित्रहरू पाइन्छन् । 

मुस्ताङ उपत्यका पुग्नु आफैँमा साहसिक कार्यको एक हिस्सा पनि हो । यात्रुहरूले राजधानी काठमाडौँबाट पोखराको लागि २५ मिनेटको उडान र त्यसपछि अर्को विमानमा चढेर २० मिनेटको जोमसोमको यात्रा गर्नुपर्नेछ । काठमाडौँबाट १२ घण्टाको ड्राइभ गरेर पुग्न सकिन्छ । हवाई यात्रा भन्दा पनि वैकल्पिक यात्राको क्रममा देखिने दृश्यहरूले थप मनमोहक बनाउन सकिने भनेर रिर्पाेटमा समावेश छ । 

मुस्ताङ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संरक्षित क्षेत्रभित्र पर्छ । एक्याप जोमसोमका संरक्षण अधिकृत अशोक सुवेदीका अनुसार सन् २०२२ मा सबैगरी ६० हजार विदेशी पाहुना जोमसोम पुगेका थिए । तीमध्ये करिब ५० हजार भारतीय र बाँकी तेश्रो मुलुकका पाहुना रहेको छन् ।

सुवेदीले विश्वप्रख्यात समाचार संस्था सिएनएनले मुस्ताङलाई घुम्नै पर्ने गन्तव्यमा समेटिनु पर्यटन क्षेत्रको लागि सुःखद रहेको प्रतिक्रिया दिनुभयो । यसको प्रभावले मुस्ताङको पर्यटन आगमनमा वृद्धि हुने आँकलन गर्नुभयो । 

‘‘पर्यटन प्रवद्र्धन नहुँदा तेश्रो मुलुकका विदेशी पाहुना सोचेजति आउन नसकेको भन्ने गुनासो छ । तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले नेपालका गन्तव्यलाई घुम्नैपर्ने सूचीमा समेट्नु समग्र पर्यटनका लागि खुसीको कुरा हो । यो प्रवद्र्धनले आगामी दिनमा तेश्रो मुलुकका पाहुनाको नेपाल आगमन बढाउन सघाउने अपेक्षा गर्न सकिन्छ ।’’ उहाँले भन्नुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर