नेभिगेसन मेनु

पार्किङस्थल निर्माण नगर्न आदेश
सम्पादक:南亚网络电视
समय:2023-05-10 13:02

Untitled-1 (5)

विद्यालयको जग्गा अतिक्रमण गरी पार्किङस्थल निर्माण नगर्न जनकपुर उच्च अदालतले जनकपुरधाम उपमहानगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय भोजराज अधिकारी र सागर विष्टको संयुक्त इजलासले जनकपुरधाम वडा नं. ८ स्थित राष्ट्रिय प्राथमिक विद्यालय दशरथनगरको जग्गामा पार्किङस्थल नबनाउन अन्तरिम आदेश जारी गरेको हो । स्थानीयवासी बलदेव साह तेलीले जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय समेतलाई विपक्षी बनाई दिनुभएको रिट निवेदनमा अदालतले यस्तो आदेश गरेको हो ।

जग्गा अतिक्रमण गरी नगर सवारीसाधन पार्किङस्थल बनाउँदा विद्यालयमा ध्वनि प्रदूषण बढाउने र विद्यार्थीकोे पठनपाठनमा पनि ठूलो असर पर्ने भन्दै अदालतले निर्माण कार्यमा रोक लगाएको हो । उच्च अदालतले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५८ र उच्च अदालत नियमावली २०७३ को नियम ४२(१) बमोजिम अन्तरिम आदेश जारी गरेको छ ।

आदेशमा भनिएको छ, “विद्यालय क्षेत्रमा नगर बसपार्क निर्माण गर्दा विद्यालय र विद्यालयको पठनपाठनमा पर्न सक्ने असर र त्यसको प्रभावको सम्बन्धमा वातावरणीय अध्ययन भएको र सो प्रभाव सम्बन्धमा अध्ययन गरी न्यूनीकरणतर्फ कारबाही नभएको अवस्थामा मटिहानी गुठी तहसिल तथा खर्च कार्यालय महोत्तरीको नाममा दर्ता रहेको कित्ता नम्बर ६४, ४३ को जग्गामा सञ्चालनमा रहेको राष्ट्रिय प्राथमिक विद्यालय दशरथ नगरलाई असर पर्ने गरी कुनै पनि प्रकारको निर्माण गरी अतिव्रmमण नगर्न अन्तरिम आदेश जारी गरिएको छ ।”

जनकपुरधाम उपमहानगरपालिकाले आधुनिक पार्किङस्थल निर्माण गर्न नगरप्रमुख मनोजकुमार साह र उपप्रमुख किशोरी साहले वडा नं. ८, दशरथ 

मन्दिरको छेउमा रहेको करिब १२ कट्ठा जग्गामा गत माघ २७ गते पार्किङस्थलको शिलान्यास गरेका थिए । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर