नेभिगेसन मेनु

दमकल बिग्रिएर हैरान
सम्पादक:南亚网络电视
समय:2023-04-24 14:10

Untitled-2

वैशाख ११ गते । जताततै आगलागी भइरहेका बेला सर्लाहीमा रहेका दुईवटा दमकल पालैपालोजसो बिग्रिएर हैरान पार्न थालेका छन्।

सदरमुकाम मलङ्गवा नगरपालिकाको दमकल तीन महिनापछि मर्मत गरेर ल्याएको एक साता भएको छ भने हरिवन नगरपालिकाको दमकल बिग्रिएर थन्किएको छ। हरिवन नपाले बिग्रिएको दमकल मर्मतका लागि आइतबार बिहान वीरगञ्ज पठाइएको नगरपालिका कार्यालयले जनाएको छ। 

आगलागी अत्यधिक बढ्दा जिल्लाभर दमकल दौडिरहेका छन्। हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलानले शनिबार हरिवनकै वडा नं. ११ स्थित बासाटोलमा आगो निभाउन जाँदा पानी नफालेको दमकल आइतबार बिहान मर्मतका लागि वीरगञ्ज पठाइएको जानकारी दिनुभयो। 

मलङ्गवा नपाको दमकल बनेर नआउँदा दक्षिणी सीमावर्ती क्षेत्रसम्म नै पुगेर आगो निभाएको दमकल आफ्नै पालिकामा आगलागी हुँदा भने बिग्रिएर पानी नै फाल्न नसकेपछि दुःख लागेको उहाँले बताउनुभयो। नगरपालिकाले दमकल दुरुस्त राख्न नसक्दा कार्यालयदेखि दुई सय मिटर नजिकै आगलागी हुँदा पनि दमकलले काम गर्न नसकेको भन्दै जनप्रतिनिधिको चर्को आलोचना भइरहेको छ। 

नगरप्रमुख रमेश बुढाथोकी (कमल), प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानलगायत यूएई भ्रमणमा गएका बेला नगरभित्र आगलागी भई दमकल बिग्रिँदा धेरैले आक्रोश व्यक्त गरेका छन्। उपप्रमुख घलानले मलङ्गवाको दमकल बनेर नआउञ्जेल यहीँको दमकल सबैतिर पठाउनुपर्दा बिग्रिएको बताउनुभयो। 

हरिवनको दमकल बिग्रिएर बनाउन पठाइएपछि जिल्लामा फेरि एउटा मात्रै दमकल भएको छ। चालु अवस्थामा रहेको मलङ्गवा नगरपालिकाको दमकल पनि अत्यन्तै पुरानो र जीर्ण अवस्थामा छ। 

मलङ्गवा नपाका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले एक साताअघि मर्मत गरेर ल्याएदेखि दमकल सञ्चालनमै रहेको बताउनुभयो। विशेष गरी जिल्लाको ग्रामीण भेगमा कच्ची सडक हुँदै दमकल पठाउनुपर्दा चाँडो बिग्रिने गरेको उहाँले बताउनुभयो। 

सर्लाहीमा २० वटा स्थानीय तह भए पनि मलङ्गवा नगरपालिका र हरिवन नगरपालिकासँग मात्रै दमकल छ। ती दुई दमकल अन्य पालिकामा पनि बारम्बार पठाइरहनुपरेको तर बिग्रिँदाको मर्मत खर्च तथा इन्धन र कर्मचारीको खर्च एक्लैले बेहोर्नुपरेको गुनासो पालिकाको छ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर