नेभिगेसन मेनु

धनुषामा अंग्रेजी विषयको प्रश्नपत्रको सट्टा नेपालीको पुगेपछि एक घन्टा ढिलो परीक्षा सुरू
सम्पादक:南亚网络电视
समय:2023-03-31 13:29

see-cover1_ADKk4UyUR8

धनुषा : आजबाट सुरू भएको एसईई परीक्षाअन्तर्गत धनुषाको एक परीक्षा केन्द्रमा अंग्रेजी विषयको सट्टा नेपाली विषयको प्रश्नपत्र पठाइएको पाइएको छ । धनुषाको औरही गाउँपालिकास्थित मावि चक्कर परीक्षा केन्द्रमा अंग्रेजी विषयको सट्टा नेपाली विषयको प्रश्नपत्र पुगेपछि उक्त केन्द्रमा झण्डै एक घण्टा ढिलो परीक्षा सुरू भएको हो ।

अंग्रेजी विषयको खाममा नेपाली विषयको प्रश्न पत्र पाइएपछि उक्त परीक्षा केन्द्र ढिलो गरी परीक्षा सुरु भएको जिल्ला शिक्षा समन्वय इकाइ धनुषाका प्रमुख युक्त शर्माले जानकारी दिए । 

उनका अनुसार बिहान ८ बजे सुरु हुने परीक्षाको प्रश्नपत्र पठाउन प्राविधिक गडबडी भएपछि मुचुल्का गरेर सो केन्द्रमा ८ बजेर ५० मिनेटमा परीक्षा सुररू भएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर