नेभिगेसन मेनु

राप्ती शान्ति उद्यान पर्यटकीय केन्द्र बन्दै
सम्पादक:南亚网络电视
समय:2023-01-31 17:34

b2

द्वन्द्वको समयमा शान्तिको सन्देश दिने उद्देश्यले  स्थापना गरिएको राप्ती शान्ति उद्यान यतिखेर जिल्लाकै प्रमुख पर्यटकीय केन्द्र बनेको छ । तुलसीपुर उपमहानगरपालिका(७ मा रहेको सो पार्कको अवलोकन गर्ने आउनेहरूको दिनहुँ भिड लाग्ने गरेको छ ।

कोरोना महामारीमा सुनसान रहेको सो उद्यानमा यतिबेला आगन्तुकहरूको भिड नै लाग्ने गरेको छ । जिल्ला बाहिरबाट पनि पर्यटकहरुको सङ्ख्या बढ्न थालेको पार्क व्यवस्थापन समितिले जनाएको छ । 

उद्याने अवलोकन तथा यस क्षेत्र आसपासमा वनभोजका लागि दैनिक चार सयदेखि पाँच सयको सङ्ख्यामा बाह्य पर्यटकहरू आउने गरेको राप्ती शान्ति उद्यान समितिका कर्मचारी खेतुप्रसाद भण्डारीले बताउनुभयो । 

उहाँका अनुसार पार्क अवलोकन गर्न आउनेहरूबाट प्रतिव्यक्ति रु ३० शुल्क निर्धारण गरिएको छ भने वनभोज खान आउने समूहबाट रु तीन सयदेखि पाँच सयसम्म शुल्क निर्धारण गरिएको छ ।  

अहिले सो पार्कमा सात जनाले रोजगारी पाएका छन् । सबै व्यवस्थापकीय खर्च कटाएर वार्षिक रु ४० देखि ४५ लाख बचत हुने गरेको उद्यानका कर्मचारी भण्डारीले जानकारी दिनुभयो । 

उद्यान पन्ध्र हेक्टर क्षेत्रफलमा फैलिएको छ । राप्ती राजमार्गअन्तर्गत तुलसीपुर सल्यान सडक खण्डको तीन किमी उत्तरमा श्रीगै गाउँदेखि झन्डै डेढ पूर्वमा पर्ने पार्कको पूर्व दक्षिण सिमानामा वन तथा जङ्गल, पश्चिम तथा उत्तरतर्फ गणेशपुर गाउँ पर्छ । पार्कभित्रको उत्तरतर्फ बालबालिकाहरूका लागि बाल उद्यान र सो क्षेत्रमा बेबी रेल, पिङ, चिप्लेटी र  नजिकैमा पौडी पोखरीको  निर्माण गरिएको छ । 

पार्कमा विभिन्न प्रजातिका वनस्पति र बगैँचा पनि छ ।  त्यसैगरी उत्तरतर्फ निर्माण गरिएको मिनी चिडियाखानामा चितुवा, दुम्सी, घोरल, खरायो, मृग, चिल, उल्लुलगायत विभिन्न प्रजातिका जनावर तथा पशुपक्षीहरू राखिएका छन् । 

पार्कभित्रको मुख्य आकर्षणमा भगवान् गौतम बुद्धको मूर्ति छ ।  मूलगेटबाट पार्कभित्र प्रवेश गरेपछि सुरुमै बुद्धको मूर्ति देख्न सकिन्छ । यो मूर्ति राखेसँगै पर्यटकहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि  भएको बताइएको छ ।

यहाँ खानेपानी, शौचालयदेखि वनभोज खान आउनेहरूलाई आवश्यक पर्ने सामग्री, दाउरा तथा ग्यासको सुविधा छ । द्वन्द्वको समयमा शान्तिको कामना गर्दै स्थानीय गणेश सामुदायिक वन समूहका उपभोक्ता, यस क्षेत्रका  बुद्धिजीवी, व्यापारी, नागरिक अगुवा र सरकारी निकायको पहलमा त्यहाँ राप्ती शान्ति उद्यान  निर्माण गर्ने निर्णय गरिएको थियो । पार्क निर्माणकास्थानीय गणेश सामुदायिक वन उपभोक्ता समितिले जग्गा उपलब्ध गराएको थियो । 

नेपाल सरकार स्थानीय विकास मन्त्रालयबाट रु साढे ३७ लाख अनुदान प्राप्त भएको र सो रकमबाट पार्क निर्माणको कामको थालनी गरिएको पार्क व्यवस्थापन समितिले जनाएको छ । त्यसपछि पनि पटक पटक गरी सरकारी निकाय, तुलसीपुर  उपमहानगरपालिका, यस क्षेत्रका जनप्रतिनिधिलगायत गरी हालसम्म  रु  पाँच  करोड खर्च गरिसकेको पार्क व्यवस्थापन समितिका  अध्यक्ष डिल्ली भण्डारीले बताउनुभयो । 

उक्त रकम समितिको कार्यालय भवन, पर्खाल, शौचालय, गेट, वनभोजस्थल, चिडियाखाना, गौतमबद्धको मूर्ति, गार्डेन, बाल उद्यानलगायतका  पूर्वाधार निर्माणमा खर्च गरिएको भण्डारीले जानकारी दिनुभयो । उहाँले अब केही दिनमै सो इमो, चित्तल, रतुवा, गोही लगायतका   जनावर तथा पशुपक्षी ल्याउने तयारी गरिएको पनि बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर