नेभिगेसन मेनु

पर्यटकीय स्थल बन्दै झोलुङ्गे पुल
सम्पादक:南亚网络电视
समय:2023-02-01 12:24

pul

सर्लाहीमा झोलुङ्गे पुल बनेका ठाउँ पछिल्लो समय पर्यटकीय स्थलका रूपमा विकास हुन थालेका छन्। पुल बनेका मनोरम स्थलमा वनभोज खान, घुमफिर गर्न र मनोरञ्जनका लागि पुग्नेहरू बढेका छन्। सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीस्थित नुनथरमा झोलुङ्गे पुल बनेदेखि त्यहाँ पुग्नेको सङ्ख्या बढ्दो छ। 

वनभोज र मनोरञ्जनका लागि नुनथर पुग्नेहरू झोलुङ्गे पुल चढेर फोटो खिचेपछि मात्रै फर्किन्छन्। बागमती नगरपालिका–११, कर्मैयाका भीमसेन थापाले नुनथर र बुद्धको स्तूपा अवलोकन गर्न आउनेहरू नुनथरको झोलुङ्गे पुलमा केही बेर बसेर मात्रै फर्किने गरेका जानकारी दिनुभयो। नुनथर आउनेले झोलुङ्गे पुल चढेर रमाइलो मान्ने गरेका थापाले बताउनुभएको छ। सर्लाही र रौतहटसहित अन्य जिल्ला र भारतको विहारबाट समेत ठूलो मात्रामा पर्यटक आउन थालेपछि बागमती नदी किनार आसपास होटल व्यवसाय राम्रोसँग चल्न थालेको स्थानीयले बताएका छन्। 

बागमतीमा निर्माणाधीन माछा पोखरीका कारण पनि नुनथर क्षेत्रमा मानिसको चाप बढ्न थालेको छ। त्यस्तै केही समयअघि लालबन्दी नगरपालिका–१२, जियाजोर र १३ को पत्थरकोट जोड्ने गरी झोलुङ्गे पुल निर्माण भएपछि यो ठाउँ पनि पर्यटकीय स्थलका रूपमा विकास हुन थालेको छ। 

लालबन्दी नगरपालिका–१३ का वडाध्यक्ष शिवकृष्ण वैद्यले चुरेको काखमा मनोरम र शान्त वातावरण रहेकाले पत्थरकोटमा वनभोज खान र घुमफिरका लागि आउनेहरू बढिरहेका बताउनुभएको छ। झोलुङ्गे पुल बनेका हरिवन नगरपालिका–१, कैलाशपुरीसहित अन्य स्थानमा पनि आन्तरिक पर्यटकको आकर्षण बढेको स्थानीय बासिन्दाले बताएका छन्।    

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर