नेभिगेसन मेनु

एप्पलको सीईओ पद छाड्दैछन् टिम कुक
सम्पादक:南亚网络电视
समय:2026-04-21 13:17

 

 apple_LX4T9ucUtS

क्यालिफोर्निया । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुक राजीनामा दिने घोषणा गरेका छन् । एक दशकभन्दा बढी समय कम्पनीको नेतृत्व गरेपछि उनले पद छोड्ने घोषणा गरेका हुन् । कम्पनीले सोमबार सार्वजनिक गरेको जानकारी अनुसार कुकले आगामी सेप्टेम्बर १ देखि सीईओ पदबाट अवकाश लिनेछन् ।

कुकको स्थानमा एप्पलका हार्डवेयर इन्जिनियरिङ विभागका वरिष्ठ उपाध्यक्ष जोन तेर्नस नयाँ सीईओ बन्नेछन् । कुक भने कम्पनीको बोर्ड अफ डाइरेक्टर्सको कार्यकारी अध्यक्षका रूपमा रहनेछन र संक्रमण प्रक्रिया सहज बनाउन गर्मीयामसम्म सीईओकै रूपमा काम गर्नेछन् ।

“एप्पलको सीईओ बन्नु मेरो जीवनकै सबैभन्दा ठुलो सौभाग्य हो । यस्तो उत्कृष्ट कम्पनीलाई नेतृत्व गर्ने विश्वास दिएकोमा म कृतज्ञ छु,” कुकले एक विज्ञप्तिमा भनेका छन् । २०२५ को अन्त्यतिर एप्पलको कार्यकारी पदमा व्यापक हेरफेरका बीचमा यो खबर आएको हो । त्यतिबेला कम्पनीका एआई प्रमुख, नीति प्रमुख र यसका शीर्ष डिजाइन नेताहरूले कम्पनी छाडेका थिए ।

कुकले सन २०११ मा स्टिभ जब्सपछि एप्पलको सीईओ पद सम्हालेका थिए । उनको नेतृत्वमा एप्पलले मनोरञ्जन, स्वास्थ्य र वेयरेबलको क्षेत्रमा ठूलै खेलाडी बन्यो । यसबीचमा कम्पनीको व्यवसाय उल्लेखनीय रुपमा बढेर ४० खर्ब डलर मूल्यको कम्पनी बन्यो । उनको कार्यकालमा एप्पलले आइफोन केन्द्रित व्यवसायलाई विस्तार गर्दै एप्पल वाच, एयरपड्स, एप्पल टीभीप्लस जस्ता नयाँ उत्पादन र सेवाहरू सफलतापूर्वक बजारमा ल्यायो । विशेषगरी सेवा क्षेत्र एप्पलको दोस्रो ठुलो आम्दानीको स्रोत बनेको छ ।

यद्यपि पछिल्लो समय कम्पनीको आर्टिफिसियल इन्टेलिजेन्स र भर्चुअल रियालिटी क्षेत्रमा विस्तार अपेक्षाअनुसार सफल हुन सकेको छैन । एप्पल भिजन प्रो जस्ता उत्पादनले मिश्रित प्रतिक्रिया पाएका छन् । टिम कुकले कोभिड–१९ महामारी र अमेरिका–चीन व्यापार तनावजस्ता चुनौतीपूर्ण अवस्थाहरूमा पनि कम्पनीलाई सफलतापूर्वक अघि बढाएका थिए । अब नयाँ नेतृत्वमा एप्पलले आगामी दिनमा हार्डवेयर नवप्रवर्तन र आर्टिफिसियल इन्टेलिजेन्स क्षेत्रमा थप ध्यान दिने अपेक्षा गरिएको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर