नेभिगेसन मेनु

पोखरा विमानस्थलको भ्रष्टाचार अनुसन्धान गर्न अख्तियारलाई निर्देशन
सम्पादक:南亚网络电视
समय:2025-05-22 13:04

  

 

sdfhbsdf

एस् ए टी भी ०८ ज्येष्ठ, काठमाडौंः प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भ्रष्टाचारबारे अनुसन्धान गरी संलग्नलाई कानुनी कारबाही प्रक्रिया अगाडि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । विमानस्थल निर्माणमा कम्तीमा १० अर्ब रुपैयाँ अनियमितता भएको निष्कर्ष निकाल्दै संसदीय समितिले अनुसन्धान तथा कारबाही प्रक्रियाका लागि बुधबार अख्तियारलाई निर्देशन दिएको हो ।

समिति सभापति ऋषिकेश पोखरेलले पोखरा विमानस्थलको अध्ययन तथा अनुगमन उपसमितिको प्रतिवेदनसमेत पठाउँदै थप अनुसन्धान र कानुनी कारबाही प्रक्रियाका लागि अख्तियारलाई निर्देशन दिइएको जानकारी दिए ।

राप्रपाका सांसद राजेन्द्र लिङ्देनको संयोजकत्वमा रहेको उपसमितिले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख विनेश मुनकर्मीलाई तत्काल निलम्बन गरी शीघ्र छानबिन तथा अनुसन्धान गरी कानुनबमोजिम हदैसम्म कारबाही गर्न/गराउन अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई लेखिपठाउन सिफारिस गरेको थियो ।

अधिकारी २०७१ देखि २०७४ सम्म विमानस्थल आयोजना प्रमुख थिए भने १७ माघ २०७८ देखि नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक छन् । मुनकर्मी भने २०७४ देखि आयोजना प्रमुख छन् ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर