नेभिगेसन मेनु

मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै
सम्पादक:南亚网络电视
समय:2025-05-15 12:35


thingi khola

एस् ए टी भी ०१ ज्येष्ठ, काठमाडौंः जिल्लाको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी खोलामा धमाधम मोटरेबल पुल निर्माण भइरहेको  छ । 

गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयले रु चार करोड ४६ लाखमा  बहुवर्षीय ठेक्का लगाएर निर्माण प्रारम्भ गरेको हो  ।  

उक्त कार्यालयका सूचना अधिकारी घनश्याम मगरका अनुसार  २०८३ साउन अन्त्यसम्ममा निर्माण सम्पन्न गर्नुपर्नेछ । पुल ३५ मिटर लामो र  दुवैतर्फ दुई दशमलव चार मिटर पैदलमार्गसहित आठ दशमलव चार मिटर चौडा हुनेछ । हालसम्म भौतिक ४५ र वित्तीय प्रगति ३७ प्रतिशत भएको छ । 

यसैबीच, प्रदेश सरकारले घरपझोङ गाउँपालिकाको थाक पाँच गाउँअन्तर्गत जोमसोम, ठिनी, ढुम्बा, स्याङ, छैरो–चिमाङ र मार्फा जोड्ने १० दशमलव पाँच किलोमिटर सडक स्तरोन्नति गरिरहेको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर