नेभिगेसन मेनु

कालीगण्डकी करिडोरः राहुघाट–तातोपानी १४ किलोमिटर कालोपत्र
सम्पादक:南亚网络电视
समय:2025-05-02 12:42

kaligandaki corridor

एस् ए टी भी १९ वैशाख, म्याग्दी:  बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत राहुघाट–तातोपानी खण्डमा १४ किलोमिटर कालोपत्र भएको छ । 

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटदेखि अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी नागढुङ्गासम्मको १९ किलोमिटर सडक कालोपत्र गर्न २०७४ सालमा रु ६६ करोडमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । 

निर्माण कम्पनीका अनुसार राहुपारे–बैसरी–कुनौटा–बेगखोला– कालीओडार– तिप्ल्याङ–महभिर–भिरकाटे–घार बैसरी– रातोपानी–पोखरेबगर–भुरुङ तातोपानी खण्डमा १४ किलोमिटर कालोपत्र पूरा भएको छ । 

सडकलाई ११ मिटर फराकिलो बनाएर पानीको निकासका निम्ति नाली र पर्खाललगायत संरचना तयार भएपछि कालोपत्र गरिएको हो । चारसय ३५ किलोमिटर लामो कालीगण्डकी करिडोर पर्वतको मालढुङ्गाबाट म्याग्दी हुँदै मुुस्ताङको कोरला पुग्न दुई लेनकोे २०२ किलोमिटर सडक आर्थिक वर्ष २०७३÷७४ देखि कालोपत्र गर्न सुरु भएको हो ।  हालसम्म यसको भौतिक प्रगति ८५ प्रतिशत भएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर