नेभिगेसन मेनु

चलचित्र शाम्बालाले जित्यो उत्कृष्ट गौतम बुद्ध अवार्ड
सम्पादक:南亚网络电视
समय:2025-03-25 12:23

IMG_2708एस् ए टी भी १२ चैत्र, काठमाडौँः आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा चलचित्र आखाँले उत्कृष्ट राष्ट्रिय फिचर फिल्म अवार्ड पाएको छ।

IMG_2675

त्यस्तै मिन बहादुर भामद्वारा निर्देशित चलचित्र शाम्बालाले उत्कृष्ट गौतम बुद्ध अवार्ड जितेको छ। उत्कृष्ट निर्देशकतर्फ पुजार सार्कीबाट निर्देशक दिनेश राउतले अवार्ड पाएका छन् भने उत्कृष्ट महिला कलाकार अवार्ड चलचित्र पुजार सार्कीबाटै नायिका अञ्जना बराईलीले प्राप्त गरेकी छिन्। उत्कृष्ट पुरूष पात्र अवार्ड चलचित्र आखाँबाट आरके मेहताले हात पारेका छ्न्।

IMG_2664

त्यसैगरी, राष्ट्रिय फिचर फिल्म अवार्ड छायांकार राजेश श्रेष्ठले जितेका छन्। उत्कृष्ट राष्ट्रिय चलचित्र लेखन अवार्ड जौन योञ्जनले पाएका छन्।

त्यसैगरी भारतीय चलचित्र रूक्मिणीले डङ्की आट्य अवार्ड, मञ्जुश्री अवार्ड (एआई फिल्म अवार्ड) अर्जेन्टिनाको चलचित्र द अविसले पाएको छ।

IMG_2605

उत्कृष्ट सर्ट फिल्म डिरेक्टर अवार्ड निशान खत्रीको चलचित्र ‘अ बिटनेस’ को पोल्टामा परेको छ भने, ‘माउन्ट एभरेस्ट अवार्ड’ बेल्जियमको ‘मेल्टिङ स्नो’ ले पाएको छ। यस वर्ष ‘बागमती अवार्ड’ स्पेनको चलचित्र ‘लुसिया जि रोमेरो’ ले पाएको छ।

लक्ष्मण सुवेदी निर्देशित चलचित्र सतिदेवी उत्कृष्ट फिचर फिल्म भएको छ। त्यस्तै, उत्कृष्ट राष्ट्रिय डकुमेन्ट्री फिल्म अवार्ड सुविना श्रेष्ठको देवि, अडियन्स चोइस अवार्ड डकुमेन्ट्रीतर्फ चलचित्र गर्ल्स रि राइटिङ डेस्टिनि, उत्कृष्ट सर्ट चलचित्र अवार्ड र राष्ट्रिय सर्ट फिल्म अवार्ड निराजन राज भेटवालको चलचित्र ‘द विटनेस ट्रि’ ले पाएको छ।

IMG_2711

चैत ७ गतेदेखि ११ गतेसम्म काठमाडौँमा भएको निफ महोत्सवमा ४० देशका ८७ फिल्म प्रदर्शन भएका थिए। अवार्ड वितरण कार्यक्रममा सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङको प्रमुखातिथ्यता रहेको थियो भने चलचित्र क्षेत्रका चर्चित तथा विशिष्ट व्यक्तित्वहरुको पनि उपस्थिति थियो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर