नेभिगेसन मेनु

शनिबार एक रुपैयाँमै ‘चिसो मान्छे’ हेर्न पाइने
सम्पादक:南亚网络电视
समय:2025-03-07 13:09

chiso manxe

एस् ए टी भी २३ फाल्गुन, काठमाडौँ: शनिबार जम्मा एक रुपैयाँ मोबाइल ब्यालेन्सबाट फिल्म ‘चिसो मान्छे’ हेर्न पाइने भएको छ । दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले आफ्नो एनटी टीभी सेवामार्फत् जम्मा एक रुपैयाँमा ‘चिसो मान्छे’ हेर्ने सुविधा ल्याएको हो । 

नेपाल टेलिकमले बिहीबार सार्वजनिक गरेको सूचनाअनुसार प्रयोगकर्ताले एनटी टीभीको ‘मूभी सेक्सन’ मा गएर ‘वान डे मूभी रुपिज वान’ अप्सन छान्नुपर्नेछ । त्यसपछि ‘बाइ अप्सन’ मा क्लिक गरेर नेपाल टेलिकमको नम्बर हालेपछि ब्यालेन्सबाट एक रुपैयाँ काटिनेछ । त्यसपछि ओटिपी कोड आउने र त्यो कोड हालेपछि फिल्म हेर्न सकिने टेलिकमले जनाएको छ ।

कर्णाली क्षेत्रको कथा समेटिएको फिल्ममा स्वस्तिमाले लवज र भेषभूषामा राम्रो मेहेनत गरेको भन्दै प्रशंसा बटुलेकी थिइन् । उनी हालै मात्रै नेपाल टेलिकमको ब्रान्ड एम्बासडर पनि चुनिएकी छन् । नेपाल टेलिकममा प्रबन्ध निर्देशक, बोर्ड अध्यक्ष, चिफ अपरेटिङ अफिसर सबै महिला भएको र आफू पनि टेलिकमको पहिलो महिला ब्रान्ड एम्बासडर हुन पाएकोमा स्वस्तिमाले खुशी प्रकट गरेकी छन् । 'राष्ट्रको सञ्चार मात्रै होइन, यो राष्ट्र पनि एकदिन महिलाले हाँक्नेछन्,' स्वस्तिमाको भनाइ छ ।नेपाल टेलिकमले यो अफर शनिबार चैत २ गतेका लागि उपलब्ध गराएको उल्लेख गरेको छ । फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा, देशभक्त खनाल लगायत कलाकारको मुख्य भूमिका छ । दीपेन्द्र के खनालको लेखन, छायांकन तथा निर्देशनमा बनेको फिल्मकी निर्माता शर्मिला पाण्डे हुन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर