नेभिगेसन मेनु

दृष्टिविहीन श्रीमती र छोराहरूका लागि चन्द्रवीरले दुई वर्ष लगाएर खनेको त्यो बाटो
सम्पादक:南亚网络电视
समय:2025-03-24 15:57

bato

एस् ए टी भी ११ चैत्र,काठमाडौँः श्रीमतीसँगै छोराहरू पनि दृष्टिविहीन भएपछि आवतजावत गर्नै कठिन भयो। राप्ती लोकमार्ग नजिकै भए पनि त्यहाँसम्म पुग्ने बाटो नहुँदा तुलसीपुर उपमहानगरपालिका–३ साततलेका चन्द्रवीर वलीले दुई वर्ष लगाएर बाटो खने। 

कसैले सहयोग गरेनन्, कसैले चासो पनि देखाएनन्। एक्लै दुई किलोमिटर बाटो खनेपछि उनलाई अहिले सहज भएको छ। उनले बनाएको गोरेटो बाटोमा तुलसीपुर उपमहानगरपालिकाले सडक बनाइदिएको छ।

विसं २०७३ मा चन्द्रवीरले दुई वर्ष लगाएर खनेको गोरेटो अहिले सडक बनेको छ। त्यहाँ गाडी, अटो, मोटरसाइकल गुड्छन्। खमारी जान पनि यो छोटो बाटो प्रयोग हुन्छ। चन्द्रवीरले यो बाटो दृष्टिविहीन श्रीमती र चार छोराका लागि खनेका हुन्। 

‘श्रीमती र छोराहरू आँखा नदेख्ने थिए, बजार जान बाटो थिएन,’ उनले भने, ‘श्रीमती र छोरा लड्लान् भनेर बाटो खनेको थिएँ, अहिले यही बाटोमा गाडी चल्छन्।’ उनका पाँच छोरा र एक छोरी थिए। एउटा छोरा र छोरी सानैमा बिते। अहिले भएका चार छोरामध्ये कान्छो छोराले मात्र आँखा देख्छ, बाँकी तीन छोराले देख्दैनन्।

जेठो छोरा काठमाडौँमा दोहोरी साँझमा काम गर्छन्। माइलो छोरा तुलसीपुर बजारमा गीत गाएर कमाउँछन्। कान्छो छोरा काठमाडौँमा छन्, उनले दृष्टिविहीनलाई बाटो देखाउने काम गर्छन्। 

चन्द्रवीरलाई अहिले घरमै कसैले सहयोग गर्छन्। त्यही सहयोगले उनको दैनिकी चल्छ। ‘कहिले मास्टर आउँछन्, कहिले इञ्जिनियर आउँछन्,’ उनले भने, ‘आउने सबैले चामल, दाल ल्याइदिन्छन्, हाम्रो जीवन यसरी चल्छ।’ 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर