नेभिगेसन मेनु

सिन्धुपाल्चोक भूकम्प : मानवीय र ठूलो भौतिक क्षतिको खबर छैन
सम्पादक:南亚网络电视
समय:2025-02-28 11:27

earthquake sindupalchock

एस् ए टी भी १६ फाल्गुण, काठमाडौँः सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित भैरवकुण्ड आसपासलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। प्रहरीका अनुसार उक्त भूकम्पबाट हालसम्म कुनै ठूलो भौतिक वा मानवीय क्षति भएको जानकारी प्राप्त भएको छैन। जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले क्षतिको विवरण अहिलेसम्म नआएको बताए। 

उनले भने, ‘हामी निरन्तर अनुगमन र विवरण सङ्कलन गरिरहेका छौँ, तर अहिलेसम्म कुनै क्षतिको खबर आएको छैन।’ उनका अनुसार भूकम्पपछि आत्तिएर भाग्ने क्रममा सिन्धुपाल्चोक कारागारमा रहेका एक जना कैदी लडेर सामान्य घाइते भएका छन्। यद्यपि, उनी कुनै भौतिक संरचना भत्किएर घाइते भएका होइनन्।  

भूकम्पको केन्द्रविन्दु रहेको भोटेकोशी गाउँपालिकाकी उपाध्यक्ष दिछेन शेर्पाले पनि हालसम्म कुनै क्षतिको विवरण नआएको जानकारी दिइन्। उनले भनिन्, ‘अहिलेसम्म खासै क्षति भएको छैन भन्ने जानकारी आएको छ।’ राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज (शुक्रबार) बिहान २ बजेर ५१ मिनेटमा ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो। 

यो भूकम्पको धक्का केन्द्रविन्दु रहेको सिन्धुपाल्चोकसहित राजधानी काठमाडौँ र आसपासका जिल्लाहरूमा महसुस गरिएको थियो। साथै, पूर्वी नेपालका केही जिल्लाहरूमा पनि भूकम्पको कम्पन अनुभव भएको थियो। भूकम्पका कारण रातको समयमा निदाइरहेका मानिसहरू आत्तिँदै खुला ठाउँमा निस्किएका थिए। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर