नेभिगेसन मेनु

बाग्लुङमा जीप खस्दा दुईको मृत्यु, पाँच जना घाइते
सम्पादक:南亚网络电视
समय:2025-02-25 11:50

accident

एस् ए टी भी १३ फाल्गुण, काठमाडौँः यात्रु बोकेको पिकअप जीप सडकदेखि तल खस्दा दुई जनाको मृत्यु भएको छ । बागलुङको बडिगाड गाउँपालिका वडा नं ९ को खहरे नजिकै लु ३ च ५५६९ नम्बरको जीप सोमबार साँझ ६ बजे सडकदेखि खसेको थियो ।

घटनामा निसीखोला गाउँपालिका वडा नं ७ चोलाङका ७५ वर्षीय खड्गबहादुर कुँवर र ढोरपाटन नगरपालिका वडा नं ५ नाथुरीकी ३५ वर्षीया जुना कँडेलको मृत्यु भएको प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

उक्त घटनामा अन्य ४ जना सामान्य घाइते छन् । उनीहरुको बुर्तिवाङमै उपचार भइरहेको हो । उक्त जीप बडिगाड गाउँपालिका ७ को भिमगिठेदेखि वडा नं ९ को दर्लिङ खहरे जाँदै गरेको थियो । घटनापछि प्रहरीले उद्धार गर्नुको साथै चालक स्थानीय २३ वर्षीय हिमाल घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । घर्ती पनि सामान्य घाइते छन् ।गम्भीर घाइते अवस्थामा उपचारका लागि बुर्तिवाङ अस्पतालमा लगिएकोमा उपचारकै क्रममा मंगलाबर राति उनीहरुको मृत्यु भएको थियो । घटनामा बडिगाड गाउँपालिका–८ की ६३ वर्षीया तेजकुमारी बुढाको टाउको र शरीरमा चोट भएकोले थप उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाइएको छ ।

上一页 1 1下一页
#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर