नेभिगेसन मेनु

चीनको छोङ्छिङ र पोखराका पर्यटन व्यवसायीबिच साझेदारी
सम्पादक:南亚网络电视
समय:2025-03-24 12:07

chhongchhing china

एस् ए टी भी ११ चैत्र,काठमाडौँः पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो व्यावसायिक चार्टर उडानमार्फत चीन पुगेका पोखराका पर्यटन व्यवसायी र चीनको सिचुवान प्रान्तको छोङ्छिङ नगरका पर्यटन व्यवसायीबिच व्यावसायिक साझेदारी (बिजनेस टु बिजनेस) एवं ‘सेल्स मिसन’ सम्पन्न भएको छ । 

चीनमा रहेका पोखराका व्यवसायी सिचुवान प्रान्तका छेन्दु, लुझाउलगायतका सहरमा उच्चस्तरीय भेटघाटसँगै पर्यटन प्रवर्धनका विभिन्न कार्यक्रमका साथ शनिबार छोङ्छिङमा उक्त साझेदारी भएको हो । बैठकमा दुवै नगरका पर्यटन व्यवसायीले सिचुवान एयरलाइन्सको उडान नियमित हुनुपर्ने र यसबाट दुवै सहर लाभान्वित हुने बताएका थिए ।

छोङ्छिङका पर्यटन व्यवसायीले नेपाल र चीनको छिन्दुमा नियमित उडान भएको अवस्थामा छोङ्छिङका पर्यटक पोखरा लैजान अझ सहज हुने र आफूहरू यसमा दृढ भएर लाग्ने विश्वास व्यक्त गरेका छन् । छोङ्छिङका संस्कृति एवं पर्यटन विकास आयोगका उपमहानिर्देशक वाङ हाओले भन्नुभयो, “हामीहरू पोखरासँग पर्यटकीय साझेदारी बढाउन लाग्ने छौँ ।” नेपाल–चीन औपचारिक सम्बन्ध ७० वर्ष पुगिसकेको उल्लेख गर्दै उहाँले दुई देशका बासिन्दाबिचको सम्बन्धलाई पनि यस्ता खालका साझेदारीले महत्वपूर्ण सहयोग पुर्‍याउने बताउनुभयो ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंले प्रकृति, संस्कृति र साहसिक पर्यटन नै पोखराको विशिष्टता भएको बताउँदै पोखरा भ्रमणका लागि छोङ्छिङवासीलाई निम्तो दिनुभयो । उहाँले पोखरा भ्रमण वर्ष–२०२५ का अवसरमा पर्यटकलक्षित विभिन्न योजना बनइएको जानकारीसमेत दिनुभयो ।  

भेटका अवसरमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले चीनका सिचुवान, छिङ्छाङ, च्युचोलगायतका सहर पोखराबाट नजिक भएकाले सन् २०२५ मा नेपाल भ्रमणका लागि आउन आग्रह गर्नुभयो । उहाँले पोखरा चिनियाँ पर्यटकको रोजाइमा परिरहेको भन्दै पोखरामा चिनियाँ पर्यटकलक्षित पूर्वाधारमा कमी नरहेको बताउनुभयो । पर्यटकको बढ्दो आगमनसँगै अन्य पूर्वाधार पनि बढाउँदै लैजाने उहाँको भनाइ थियो । नेपाल पर्यटन बोर्डको आयोजना एवं पोखरा पर्यटन परिषद् र छेन्दुस्थित महावाणिज्य दूतावाससँगको सहकार्यमा सो  कार्यक्रम आयोजना गरिएको हो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर