नेभिगेसन मेनु

होली सुरु, बसन्तपुरमा ठड्याइयो तीनतले चीर
सम्पादक:南亚网络电视
समय:2025-03-07 13:27

holi

एस् ए टी भी २३ फाल्गुन, काठमाडौँ: काठमाडौँको वसन्तपुरस्थित हनुमान ढोका दरबारमा तीन तले चीर ठड्याइएको छ । वसन्तपुरस्थित हनुमान ढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ शुक्रबार (आज) तीन तले चीर ठड्याएपछि देशभर फागु (होली) पर्व सुरु भएको मानिन्छ ।

On the start of Holi, a three-story cloth was put up in Basantpur

आज बिहान ८:३३ बजेको शुभ साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएर र एक अर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिएका हुन् ।

आज पशुपति, हनुमानढोका दरबारको सुन्दरी चोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्ण मन्दिर प्राङ्गणमा पनि रंगीचंगी कपडा झुन्ड्याएर होली सुरु भएको जनाउ दिने गरिन्छ ।

On the start of Holi, a three-story cloth was put up in Basantpur

चीर ठड्याएपछि मानन्धर समुदायका सदस्य गजेन्द्र मानन्धरले असत्यमाथि सत्यको जितको रूपमा चीर ठड्याइएको बताए । उनले चीर ठड्याइसकेपछि विधिवत् रूपमा होली पर्व सुरु भएको मानिने बताए । होली पर्व असत्यमाथि सत्यको जित भएको रूपमा पनि मान्ने गरिएको बताए ।

On the start of Holi, a three-story cloth was put up in Basantpur

उनले भने, ‘होली असत्यमाथि सत्यको जितको प्रतीकको रूपमा मनाउने गरिन्छ । त्यस्तै भगवान् श्रीकृष्णको कथासँग पनि जोडिएको छ। बाँसै किन चाहियो भन्ने कुरा पनि छ । भगवान् विष्णुलाई सबैभन्दा मन पर्ने बाँस नै हो । चीरको महत्त्व परापूर्वकालदेखि नै छ । असत्यमाथि सत्यको जितको रूपमा मनाउने गरिन्छ । यो ठड्याइसकेपछि विधिवत् रूपमा होली सुरु हुन्छ । यो चीर मानन्धर समुदायले ठड्याउँदै आउनुभएको परम्परा हो ।’

On the start of Holi, a three-story cloth was put up in Basantpur

यस वर्षको होली पर्वको मुख्य दिन फागुन २९ र १ गते परेको छ । २९ गते हिमाली तथा पहाडी जिल्लामा र १ गते तराई जिल्लामा होलीको सार्वजनिक बिदा दिइएको छ ।

On the start of Holi, a three-story cloth was put up in Basantpur

On the start of Holi, a three-story cloth was put up in Basantpur

On the start of Holi, a three-story cloth was put up in Basantpur

On the start of Holi, a three-story cloth was put up in Basantpur

On the start of Holi, a three-story cloth was put up in Basantpur

On the start of Holi, a three-story cloth was put up in Basantpur

On the start of Holi, a three-story cloth was put up in Basantpur

On the start of Holi, a three-story cloth was put up in Basantpur

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर