नेभिगेसन मेनु

देवेन्द्र गौतम पत्रकारिता पुरस्कार समर्पण तथा अनुसन्धान भित्रको अनुसन्धान विमोचन समारोह सुर्यविनायकमा सम्पन्न
सम्पादक:南亚网络电视
समय:2024-09-18 20:47

WechatIMG18

एस् ए टी भी, ०२ असोज काठ्माण्डौँः वरिष्ठ पत्रकार देवेन्द्र गौतमको दोस्रो स्मृति दिवसको अवसर पारेर देवेन्द्र गौतम पत्रकारीता पुरस्कार समर्पण तथा पुस्तक विमोचन समारोह भक्तपूरको सुर्यविनायकमा सम्पन्न भएको छ । 

WechatIMG15

अपरान्ह चार बजे सुरु भएको कार्यक्रममा वरिष्ठ पत्रकार देवेन्द्र गौतमको नेपाली पत्रकारिता क्षेत्रमा योगदान माथि विशेष छलफल भएको थियो । कार्यक्रममा देवेन्द्र गौतम पत्रकारीता पुरस्कार वरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई प्रदान गरियो । उहाँलाई एक लाख नगद, ताम्रपत्र तथा खादा ओढाएर सम्मान गरिएको थियो।  

WechatIMG19

साथै कदरपत्र र नगद रू ५० हजार सहित वरिष्ठ कलाकार एवं जिंक ब्लक मेकर गेहेन्द्र मान अमात्य तथा स्तम्भकार रघुनाथ घिमिरेलाई प्रदान गरियो।

सँगसँगै स्व. देवेन्द्र गौतमद्वारा लिखित पुस्तक अनुसन्धान भित्रको अनुसन्धानको विध्यार्थी संस्करण विमोचनको कार्यक्रम पनि सम्पन्न भयो। रोचक घिमिरेले सम्पादन गर्नु भएको  पुस्तक अनुसन्धान भित्रको अनुसन्धानको प्राक्कथन ऋषिकेश शाहले लेख्नु भएको छ। उहाँले पुस्तकमा समेटिएका विष्यवस्तुहरुले र लेखनशैलीले पठनमा रूची बढाउने कुरा गरेका छन्। 

WechatIMG22

करेण्ट मिडिया एण्ड रिसर्च सेण्टरको आयोजनामा भएको कार्यक्रम, प्रदीपा गौतमको अध्यक्षतामा भएको थियो। कार्यक्रममा रोचक घिमिरे , गेहेन्द्रमान अमात्य , शम्भु श्रेष्ठ तथा रघुनाथ घिमिरेले आफ्नो मन्तव्य प्रस्तूत गरेका थिए भने पुस्तक अनुसन्धान भित्रको अनुसन्धान निशुल्क वितरण पनि भएको थियो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर